पोखरा, फागुन १५
घर बहाल सरोकार महासंघ गण्डकीको अध्यक्षमा कमलप्रसाद न्यौपाने (कास्की) चयन भएका छन् । महासंघको सोमबार पोखरामा सम्पन्न अधिवेशनले न्यौपानेको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । अध्यक्षमा निर्वाचित न्यौपाने राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीका निवर्तमान अध्यक्ष हुन् ।
समितिको बरिष्ठ उपाध्यक्षमा ईन्दु श्रेष्ठ (कास्की) चयन भएका छन् । श्रेष्ठ पृथ्वी होटल व्यवसायी समिति पोखराका महासचिव हुन् ।
त्यस्तै, महासंघको सचिवमा ताराप्रसाद तिवारी (कास्की) र कोषाध्यक्षमा कास्कीका अम्बिका घिमिरे (अमृत) चयन भएका छन् । कोषाध्यक्ष घिमिरे पृथ्वी होटल व्यवसायी समिति पोखराका अध्यक्ष हुन् ।
म्हासंघ गण्डकीको सदस्यहरुमा रामप्रसाद चापागाईं(कास्की), भीम सिंह (तनहुँ) र तुलसी शर्मा (कास्की) सर्वसम्मत चयन भएका छन् ।
म्हासंघ गण्डकीको उपाध्यक्ष पद भने खाली राखिएको छ । उपाध्यक्षमा पछि मनोनयन गर्नेगरी खाली राखिएको महासंघ गण्डकीले जनाएको छ ।
यसअघि महासंघ गण्डकीका निवर्तमान अध्यक्ष यमनाथ पौडेलको अध्यक्षतामा उद्घाटन शत्र चलेको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







