रामज्योती माविको ४४ औं वार्षिकोत्सव


     एभरेस्ट आवाज    
     फागुन १७ गते २०८० मा प्रकाशित




फागुन १७ पोखरा । पोखरा महानगरपालिका वडा नं २६ मा रहेको रामज्योती माविले विविध कार्यक्रमका साथ आफनो ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले शिक्षाको उज्जालोवाट कुनै पनि वालवालिका बञ्चित हुन नपरोस भनि राज्यले शिक्षाको क्षेत्रमा गरेको ठुलो लगानीको सहि रुपमा सदुपयोग गरेर ब्यवहारीक र प्रयोगात्मक शिक्षा प्रणालीलाई आत्मसाथ गर्दै अगाडी वढ्नु पर्ने सुझाव राखेका थिए ।

सोही अवसरमा पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले गुणस्तरीय शिक्षाका नाममा राज्यको ठुलो धनराशी खर्च भएपनि सोही अनुपातमा प्रतिफल नआईरहेको अवस्थाको अन्त्ये गरि कसरी विद्याथीहरुलाई स्वदेशमा नै राख्ने खालको शिक्षा दिन सकिन्छ भन्ने वारेमा राज्य प्रणाली चिन्तनसिल भएको धारणा राखेका थिए ।

कार्यक्रममा अभिभावकहरुको तर्फबाट अनिल कुमार राई,लक्ष्मी माविका साहायक प्रधानाध्यापक विष्णु प्रसाद तिवारी,सृजना बहिरा मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठ,पुर्व प्रअ सुर्यनाथ वराल,लेखनाथ खानेपानी उपभोत्ता समितिका अध्यक्ष मुरारी शर्मा, मसिना आधारभुत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ तिमिल्सेना,पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रनाथ तिमिल्सेना,सहयोगदाताँ जगत वराल लगाएतले बिद्यालयको शैक्षीक एवंम भौतीक विकासका लागि सवैको साथ सहयोग अनिवार्य भएको धारणा राखेका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गुमानाथ लामिछानेले वार्षिक प्रतिवेदन सहित भावी योजनाका बारेमा प्रकाश पारेको कार्यक्रमको संचालन शिक्षक गणेश प्रसाद अधिकारी र चित्र बहादुर खड्काले गरेका थिए ।

विद्यालयहरुवाट विविध किसिमका सांस्कृती कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रममा पुर्व विद्यालय ब्यवस्थापन समितिका सदस्य,चन्दादाँता,शिक्षक तथा अभिभावकहरुलाई सन्मान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।