कुमुदिनी होम्स माविको विज्ञान तथा सामाजिक प्रदर्शनी


     एभरेस्ट आवाज    
     फागुन १८ गते २०८० मा प्रकाशित




पोखरा–४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माविले शुक्रबार विज्ञान तथा सामाजिक प्रदर्शनी गरेको छ ।

कक्षा एक देखि एघार कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुद्वारा निर्मित विभिन्न विज्ञान तथा प्रविधि र कृषि सँग सम्बन्धित विभिन्न बहुउपयोगी उपकरणहरुको प्रदर्शनी गरेका थिए । सामाजिक प्रदर्शनी अन्र्तगत विद्याथीहरुले विभिन्न अन्नबाट निर्मित सात वटा प्रदेश छुट्याएर नेपालको नक्सा समेत बनाएका थिए ।

उक्त प्रदर्शनीमा विद्यार्थीहरुले आफुले बनाएका विज्ञान तथा प्रविधि उपकरणहरुको प्रयोगात्मक अभ्यास देखाएर व्याख्या समेत गरेका थिए । छात्र-छात्राले सस्तो, सुलभ र घरमै उपलब्ध हुने सामाग्री प्रयोग गरेर निर्माण गरिएको विज्ञान सामाग्री प्रदर्शनीमा राखेका थिए ।

प्रदर्शनीमा विज्ञान तथा प्रविधिसँग अभिरुची राख्ने विद्यार्थीहरु तथा अभिभावकहरुको उल्लेखनिय उपस्थिती रहेको थियो । विद्यार्थी तथा अभिभावकको उत्साहजनक उपस्थिती भएकाले आगामी वर्षहरुमा अझ नयाँ उपकरणहरुको थप प्रदर्शनी र विद्यार्थीको सृजनशिलतालाई अझै प्रोत्साहन गर्ने कुमुदिनी होम्स माविका संस्थापक अध्यक्ष अशोक पालिखेले बताए । ‘विद्यार्थीले कक्षामा सिकेका सैद्धान्तिक कुराका आधारमा विज्ञान सामाग्री तयार पारेर प्रदर्शनी आयोजना गरिएको हो,’ पालिखेले भने ।
विधार्थीमा खोज्ने तथा समुहमा काम गर्ने बानीको विकास गराउनुको साथै खेर जाने वस्तु एवंम सामाग्रीलाई कसरी पुन प्रयोगमा ल्याउन सकिन्छ भन्ने बोध गराएको पालिखले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।