पोखरा । आर्जना स्मृती अक्षयकोषबाट निलगिरी इंङ्गलिस बोर्डिङ स्कुलका सन्ध्या लामा तितुङ र प्रतिक अधिकारी पुरस्कृत भएका छन् ।
२०७९ सालको एसईई परीक्षामा ३.८० जिपिए ल्याई उत्र्तिण हुन सफल तितुङ र ३.५५ जिपिए ल्याई उत्र्तिण भएका अधिकारी पुरस्कृत भएका हुन् ।
पुरस्कृत उनीहरुलाई जनही रु. १० हजार १११ सहित कदरपत्रद्वारा पुरस्कृत गरिएको आर्जना स्मृती अक्षयकोष – २०६९ का संरक्षक दिलिप दोषीले जानकारी दिए । शुक्रबार विद्यालयमा आयोजित विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले आयोजित ‘ट्यालेन्ट शो’ कार्यक्रमका विच उनीहरुलाई पुरस्कृत गरिएको हो ।
२०६९ वैशाख २३ गते सार्दिखोलास्थित तातोपानीमा आएको सेती बाढीमा परेर निधन भएकी आर्जनाको स्मृतिमा उनको परिवारले अक्षयकोषको स्थापना गर्दै विगत १२ वर्षदेखि एसईईमा उत्कृष्ठ नतिजा ल्याउने दुईजनालाई नगदसहित कदरपत्रद्वारा पुरस्कृत गर्दै आइरहेको अक्षयकोषका संरक्षक तथा आर्जनाकी आमा निरा श्रेष्ठले जानकारी दिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







