नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशको अभिमुखीकरण सम्पन्न


     एभरेस्ट आवाज    
     फागुन १८ गते २०८० मा प्रकाशित




फागुन १८ पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशको अभिमुखीकरण सम्पन्न भएको छ ।

शिक्षक सेवा आयोगको लिखित परीक्षामा सफल प्राथमिक तहका शिक्षकहरुले अन्तर्वार्ताका लागि गर्नुपर्ने तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

अभिमुखीकरण कार्यक्रमको नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका राष्ट्रिय उपाध्यक्ष जंगबहादुर गर्बुजाले उद्घाटन गरे ।

नेपाल राष्ट्रिय राष्ट्रिय शिक्षक संगठन गण्डकीको आयोजना र जिल्ला समिति कास्कीको व्यवस्थापनमा भएको अभिमुखीकरण कार्यक्रममा नेपाल सरकारका उपसचिव पदमराज आचार्य र शिक्षक केशवराज घिमिरेले सहजीकरण गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशभरका प्राथमिक तहको लिखित परीक्षामा नाम निकाल्न सफल १५० जना शिक्षकहरु सहभागी थिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका अध्यक्ष रोमहर्षण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यकममा स्वागत जिल्ला समिति कास्कीका उपाध्यक्ष बसन्धरा पौडेल र कार्यक्रमको सञ्चालन गण्डकी प्रदेश महासचिव ध्रुवराज सिग्देलले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।