नयाँ समझदारीबाट मुलुकलाई अघि बढाउन राप्रपा अध्यक्ष लिङ्देनको आह्वान


     एभरेस्ट आवाज    
     फागुन २४ गते २०८० मा प्रकाशित




फागुन २४ काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै उहाँले नयाँ समझदारीबाट मुलुकलाई अगाडि लैजान सबै पक्षलाई आह्वान गरे । “मिटरव्याजी पीडित, लघुवित्त पीडित, दूग्ध उत्पादक किसानका समस्या समाधान गर्न सरकारले ठोस् कार्यक्रम ल्याउनुपर्छ”, अध्यक्ष लिङ्देनले भने, “प्रतिपक्षी दलले उठाएका प्रश्नको ठोस् जवाफ सरकारले दिनुपर्छ ।” रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।