राष्ट्रिय भलिबल प्रतियोगिताः कर्णाली प्रदेश पुलिस क्लवसंग पराजित


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०८० मा प्रकाशित




काठमाडौँ । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप)को कभर्डहलमा आज भएको दोस्रो खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । पुलिसले कर्णालीमाथि पहिलो सेट २५-१२ ले जित्यो भने खेलको दोस्रो सेट २५-७ तथा तेस्रो सेट २५-८ ले आफ्नो पक्षमा पार्‍यो ।

त्यस्तै आजै भएको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले मधेस प्रदेशलाई ३-० को सोझो सेट पराजित गरेको छ । एपिएफले मधेसलाई २५-८, २५-७ र २५-२ ले पराजित गर्‍यो ।

उक्त प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पाउनेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख २५ हजार प्राप्त गर्नेछन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।