नेपाली बजारमा छापावाल सुनको मूल्य प्रति तोला रु दुई हजार ६ सयका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन रु एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला रु एक लाख २७ हजार आठ सय तोकिएको छ ।
यस्तै तेजाबी सुन बुधबार प्रति तोला रु एक लाख २४ हजार ६ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य रु एक लाख २७ हजार दुई सय निर्धारण गरिएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रति तोलामा रु ३५ ले वृद्धि भएको छ । बुधबार प्रति तोला रु एक हजार पाँच सय २० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार पाँच सय ५५ निर्धारण गरिएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १० – अन्तर्राष्ट्रिय ओलम्पिक दिवस–२०२६ को अवसरमा नेपाल ओलम्पिक कमिटी…






