पोखरा, चैत ९
पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसाय शनिबारपनि खुल्ने भएका छन् । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसाय अबदेखि शनिबारपनि खुल्ने भएका हुन् । कोरोना महामारी, आर्थिक मन्दी, बैंक ब्याजदरलगायतका कारण व्यापारमा आएको मन्दीका कारण परेको असरलाई मध्यनजर गर्दै सर्वेश्वर व्यवसायी समितिले अबदेखि सातामा सातै दिन व्यवसाय खोल्ने निर्णय गरेको जनाएको छ ।

शनिबार नखुल्दा पोखरा आसपाससँगै छिमेकी जिल्लाहरु स्याङ्जा, पर्वत, बागलुङ, तनहुँ, लमजुङ, म्याग्दी, मनाङ, मुस्ताङ, रुर्वी रुकुम र पश्चिम रुकुमलगायतका जिल्लाबाट थोक तथा खुद्रा सामानहरु खरिद गर्न आउने ग्राहकहरु मारमा परेकाले उनीहरुलाई सहज बनाउनपनि शनिबार व्यवसाय खुल्ला गर्ने निर्णय गरिएको अध्यक्ष तुलबहादुर थापा ९राजन०ले जानकारी दिए । व्यवसाय खुल्ला गर्ने निर्णय गरिएपनि बाध्यकारी नभएको उनको भनाई छ । हाम्रो आग्रह खोल्नूस् भन्ने हो,उनले भने,‘यो स्वेच्छिक हो । यदि कसैले खोल्दिन भन्छ भने त्यो उसको अधिकार हो, नखोल्न सक्नुहुन्छ ।’
यसैबीच, समितिले नया वर्ष २०८१ को अवसरमा क्यालेन्डर प्रकाशन गर्ने भएको छ । समितिले व्यवसायीक प्रवद्र्धन गर्ने उद्देश्यले समितिको वार्षिक कार्यतालिकालाईसमेत समेटेर क्यालेन्डर प्रकाशन गर्न लागेको समितिका बरिष्ठ उपाध्यक्ष तथा क्यालेन्डर प्रकाशन उपसमिति संयोजक छवीलाल गौतमले जानकारी दिए । क्यालेन्डर बजारमा आएपछि सो क्यालेन्डर लिएर समिति छिमेकी जिल्लाहरुमा पुगेर बजार प्रवर्धन गर्ने उनले बताए । क्यालेन्डर बजार प्रवर्धन गर्नका लागि कोशेढुंगा सावित हुनेछ,उनले भने,‘आक्रामक मार्केटिङमार्फत सर्वेश्वर मार्गलाई हामी व्यापारको हब र ब्राण्ड बनाउनेछौं ।’
समितिले नया वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गर्ने भएको छ । चैतको अन्तिम साता वा बैशाखको पहिलो साता पारेर शुभकामना आदानप्रदान र क्यालेन्डर विमोचन एकसाथ गर्ने तयारी गरिएको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।
समितिले नया वर्षको अवसरमा बालबालिका तथा प्रौढहरुका लागि स्पोर्ट्स मिटसमेत गर्ने तयारी गरेको छ । सर्वेश्वर व्यवसायी समितिमा आबद्ध व्यवसायी तथा तिनका छोराछोरीहरुलाई आपसमा घुलमिल गराउँदै भातृत्व भावनाको विकास गराउने उद्देश्यले स्पोर्ट्स मिट गर्न लागिएको अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार स्पोर्ट्स मिटमा छात्र/छात्राका लागि छुट्टाछुट्टै रिले दौड, एक सय मिटर दौड, प्रौढ तथा बालबालिका दुबैका लागि फुटसल, व्याडमिन्टनलगायतका खेल खेलाईनेछ ।
सर्वेश्वर मार्गका होलसेल व्यवसायीले चीन, थाईल्याण्ड र भारतबाट सिधै सामान ल्याएर बेच्ने गरेका छन् भने स्वदेशी सामान उत्पादन हुने फ्याक्ट्रीमै पुगेर खरिद गर्नेगरेका छन् । जसका कारण गुणस्तरीय सामान सस्तोमा पाईने सर्वेश्वर मार्गका व्यवसायी बताउँछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







