आयरल्यान्डको ए टोलीविरुद्धको पहिलो ट्वान्टीट्वान्टी खेलमा खेलमा नेपाल ‘ए’ क्रिकेट टोलीले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङको निर्णय लिएका छन् । यससँगै आयरल्यान्डको ए टोलीले पहिला ब्याटिङ गर्ने भएको छ । हिजोका लागि तय भएको उक्त खेल वर्षाका कारण स्थगित भएको थियो ।
नेपालको टोलीको प्लेइङ एघारमा कप्तान भण्डारीसहित लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी र हेमन्त धामी छन् । त्यस्तै बेञ्चमा विकास आग्री, विपिन खत्री, पवन सर्राफ र नारायण जोशी रहेका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







