बढ्यो इन्धनको मूल्य


     एभरेस्ट आवाज    
     वैशाख ३ गते २०८१ मा प्रकाशित




वैशाख ३ पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मध्यरातदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएको हो ।

निगमले भारतबाट मूल्य बढेर आएको भन्दै इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।

मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ बाट बढेर १७८ रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५९ रुपैयाँबाट बढेर १६१ रुपैयाँ पुगेको छ ।

भारतबाट पेट्रोल प्रतिलिटर २.९६ र डिजेल प्रतिलिटर ३.४६ रुपैयाँले बढेर आएको निगमले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।