पोखरा महानगरले गर्यो मजदुरलाई सम्मान


     एभरेस्ट आवाज    
     वैशाख २२ गते २०८१ मा प्रकाशित




पोखरा,२१ वैशाख । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले विश्व मजदुर दिवसको सन्दर्भ पारेर उनीहरुलाई सम्मानित गरेको हो । सम्मानित हुनेहरुमा श्रमिक तथा स्वरोजगार मजदुर रहेका महानगरको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

सम्मानित हुनेमा मंगली परियार,कमलबहादुर पुलामी,धनप्रसाद उपाध्याय,रिता कार्की,विष्णुमाया श्रेष्ठ,मुक्ति पाण्डे,तीर्थराज मगर,चन्द्रप्रसाद गुरुङ,चन्द्रकला रानाभाट,इन्द्रबहादुर गुरुङ,दिलबहादुर तुलाधर,,महिमा शाही,प्रेमबहादुर कुमाल,दलबहादुर मगरलगायत रहेका छन् । विभिन्न टे«ेड युनियनहरुको सिफारिसमा उनीहरुलाई सम्मानित गरिएको हो । श्रम र श्रमिकको सम्मान गर्ने परिपाटीको विकास गर्न यस्तो अभियान थालिएको सहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछानेले जानकारी दिए । उनले महानगरले मजदुरहरुको तथ्याङ्क संकलन, उनीहरुलाई न्यूनतम ज्याला र रोजगारीको ग्यारेण्टीका योजनाहरु बुनेको पनि सुनाए ।
मजदुर दिवसकै सन्दर्भमा महानगरले शुक्रबार औद्योगिक श्रम सम्बन्ध सुधारमा पालिकाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम पनि आयोजना ग¥यो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले मजदुरको अधिकार रक्षाको लागि निजी क्षेत्र गम्भीर रहेको बताए । न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्धतालगायतका विषयमा यसअघि नै सहमति कायम भएको बताउँदै उनले मजदुर र रोजगारदाताबीच असल सम्बन्ध जरुरी रहेकोमा जोड दिए । सामाजिक सुरक्षा कोषमा आवद्धतामा केही समस्या देखिएको र कतिपय अवस्थामा मजदुर नै त्यसमा सहभागी हुन नखोजेको उनको भनाइ थियो ।
पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष यामनाथ तिमिल्सिनाले मजदुरहरुलाई तोकिएको पारिश्रमिक दिनु रोजगारदाता र आफ्नो जिम्मेवारी पूरा गर्नु मजदुरको कर्तव्य भएको बताए ।
संयुक्त टे«ड युनियन समन्वय केन्द्र गण्डकीका संयोजक मुरारी शर्माले मजदुरहरुले अझै पनि राज्यबाट तोकिएको ज्याला पाउन नसकेको बताए । उनले मजदुरको सामाजिक सुरक्षाप्रति संवेदनशील हुन निजी क्षेत्रसँग आग्रह गरे ।
जिफन्ट गण्डकीका अध्यक्ष रुद्र खत्रीले स्थानीय तहले औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने अभियान थाल्नुपर्ने बताए । उनले स्वास्थ्य संस्थादेखि उद्योगसम्मले मजदुरलाई तोकेको पारिश्रमिक नदिएको जिकिर पनि गरे ।
अखिल नेपाल टे«ड युनियन महासंघ गण्डकीका अध्यक्ष टंक पौडेलले उद्योग प्रतिष्ठानले तोकेको पारिश्रमिक नदिँदा जनशक्ति विदेशिएको बताए ।
पृथ्वी राजमार्ग बस कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले मजदुरको पेशागत सुरक्षालाई राज्य र रोजगारदाता दुवैले केन्द्रमा राख्नुपर्ने बताए ।
टे«ेड युनियन कांग्रेस कास्कीका अध्यक्ष कमल सापकोटाले सामाजिक सुरक्षा कोषको आवद्धता तथा तोकिएको पारिश्रमिक दिनबाट उम्कनको लागि उद्योग÷प्रतिष्ठानले ‘आउट सोर्सिङ’को बाटो रोजेकोमा आपत्ति जनाए ।
एकीकृत टे«ड युनियन महासंघ गण्डकी अध्यक्ष तीलबहादुर विश्वकर्माले। महिलालाई कम ज्याला दिने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राखे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।