कुमुदिनीद्वारा कास्कीका ८३ जना विद्यार्थीलाई पोशाक हस्तान्तरण


     एभरेस्ट आवाज    
     वैशाख २५ गते २०८१ मा प्रकाशित




वैशाख २५ पोखरा । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनस्थित कुमुदिनी होम्सद्वारा कास्कीको उत्तरी भेगमा रहेका दुई विद्यालयका ८३ जना विद्यार्थीका लागि विद्यालय पोशाक हस्तान्तरण गरिएको छ ।

विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले आज विद्यालयमा आयोजना गरिएको कार्यक्रममा वर्षभरि पुग्नेगरी ति विद्यार्थीका लागि करिब ५० हजार बराबरको विद्यालय पोशाक हस्तान्तरण गरेका हुन् ।

पालिखेले माछापुच्छ्रे गाउँपालिकाको खादरजुङमा रहेको वाराही प्राविका प्रधानाध्यापक रामप्रसाद आचार्य र पोखरा महानगरपालिका वडा नं १९ पुरन्चौरमा लप्सिटाकुरामा रहेको हिमालयल प्राविका प्रधानाध्यापक प्रेमकुमारी तिमिल्सिना “कमला” लाई विद्यालय पोशाक हस्तान्तरण गरेका हुन् ।

बाराही आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद आचार्यले आफ्नो विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म ४८ जना विद्यार्थी रहेको र उनीहरुमा छात्रा २८ र छात्र २० जना रहेको बताए । उनले भने, ‘हामीलाई अशोक सरले बितेका ८, १० वर्षदेखि विद्यार्थी र भौतिक पूर्वाधार लगायतका क्षेत्र, शिक्षक तालिम लगायतमा सहयोग गर्दै आएकोमा खुसि व्यक्त गरे । विद्यालयलाई यहाँसम्म ल्याउन उहाँले ठूलो भूमिका निर्वाह गर्नुभएको छ । उहाँको ठू्लो योगदान रहेको छ ।’

यस्तै हिमालयन प्राविका प्रधानअध्यापक प्रेम कुमारी तिमिल्सिनाले विद्यालयमा आफु नयाँ प्रअ भएर आएको तर कुमुदिनीको योगदानको बारेमा जानकार रहेको बताईन् । ‘शैक्षिक सहयोगले विद्यालयको पठनपाठनको वातावरण फेरिएको बताईन् । गाउँमा रहेका विद्यार्थीका लागि विद्यालय पोशाक, स्टेशनरी नहुँदाको पीडा कति हुन्छ हामीलाई थाहा छ ।’, उनले भनिन् ।

बिगत ८, १० वर्षदेखि त्यो समस्या धेरै कम भएको उनले सुनाईन् । विद्यालय, विद्यार्थीका लागि अत्यावश्यक सामाग्री सहयोगको लागि आभार व्यक्त गरिन् । विद्यालयमा १६ छात्र र १९ छात्राले अध्ययन गरिरहेका छन् ।

हामी अरुको पनि भलो होस् भन्ने चाहन्छौ । समाजमा आफु मात्रै राम्रो भएर हुँदैन अरु पनि राम्रो बनाउनु पर्छ, पालिखेले भने । बिगत ८, १० वर्षदेखि दुई विद्यालयका विद्यार्थीका लागि हामीले विद्यालय पोशाक, शैक्षिक सामाग्री सहयोग गर्दै आएको र दिवा खाजाको व्यवस्था गर्दै आएको बताए ।

विद्यालय पोशाक हस्तान्तरणपछि अब छिट्टै स्टेशनरी हस्तान्तरण गरिने भएको छ । हामीले कुमुदिनीका विद्यार्थीलाई सामाजिक काममा सहभागि गराउने क्रममा १ कक्षादेखि १० सम्मका विद्यार्थीले संकलन गरेको पेन्सिल, कापि लगायतका शैक्षिक सामाग्री उपलव्ध गराउने छौं, उनले भने ।

वर्षभरी हामीले लोटस फाउण्डेशन अन्तर्गत घनिष्ट सहयोगि राईनर कुबेराको सहयोगले ति सामाग्रीहरु उपलव्ध गराउने गरेका छौं । त्यहाँबाट ४ चाख ७८ हजार ३९ रुपैयाँ बराबरको रहेको र बाँकी आफैंले सहयोग गरीरहेको बताए ।

हामीले भौतिक पूर्वाधारमा पनि सहयोग गरेका छौं । शिक्षकको लागि तालिम र आवश्यक सहयोग गर्दै आएका छौं । यस्तो सहयोग जारि रहने छ पालिखेले भने ।

विद्यालय जान समस्या थियो । हामीले हिमालय जाने विद्यार्थीको लागि ट्रष्टको पुल, शौचालय लगायतको सहयोग उपलव्ध गराएपछि विद्यार्थी पनि बढ्दै गएको बताए ।

हिमालयका दुई विद्यार्थी अहिले फूल स्करसिपमा कुमुदिनीमा पढिरहेको बताए । एकजना ९ र अर्को ५ मा पढिरहेका छन् । पूर्व कुमुदिनीकै शिक्षक गिभीना गुरुङले भारतमा बेचिएकी बच्चालाई उद्धार गरेर ल्याएपछि स्कलरसिपमा पढाई रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।