अर्जुन र सुस्मिता सर्वोत्कृष्ट वर्ष खेलाडी, लाईफटाईम अचिभमेन्ट अवार्डबाट मल्ल सम्मानित


     एभरेस्ट आवाज    
     वैशाख २८ गते २०८१ मा प्रकाशित




पोखरा, बैशाख २८

क्रिकेटर अर्जुन कुमाल र आईटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरा सभागृहमा भएको आठौं संस्करणको पोखरा स्पोटर््स अवार्ड–२०८० मा पुरुषतर्फ अर्जुन र महिलातर्फ सुस्मिता सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन् । नेपाल क्रिकेट टिमका उदाउँदा व्याटर तथा अन्डर नाईन्टिन क्रिकेटका भरपर्दा खेलाडी अर्जुनले मनोनयनमा परेका प्रदीप खड्का (टेनिस) र हिमाल सुनारी (भलिबल)लाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाडी (पुरुष)को अवार्ड जितेका हुन् ।

त्यस्तै, आईटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगरले नोमिनेसनमा परेका आर्चरीकी अनुस्का शेरचन र भलिबलकी अरुणा शाहीलाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाडी (महिला) विधाको अवार्ड जितिन् ।

सर्वोत्कृष्ट वर्ष खेलाडी (पुरुष) र सर्वोत्कृष्ट वर्ष खेलाडी (महिला) विधामा अवार्ड प्राप्त गरेका अर्जुन र सुस्मिताले ट्रफीसहित टेल्जी नेपालको इलेक्ट्रिक स्कुटर एक÷एक थान प्राप्त गरे ।

त्यस्तै, सर्वोत्कृष्ट वर्ष उदीयमान खेलाडीको अवार्ड व्याडमिन्टनकी दिलासा रानाले जितिन् । उनले क्रिकेटकी ज्योत्सनिका मरासिनी र एथ्लेटिक्सकी बादल कार्कीलाई पछि पार्दै अवार्ड जितेकी हुन् ।

सर्वोत्कृष्ट वर्ष प्रशिक्षक विधामा भलिबलका रमेश केसीले अवार्ड जिते । उनले टेनिसका निरज थापा र क्रिकेटका रिजन प्रजुलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

सर्वोत्कृष्ट वर्ष खेल संस्था वा क्लबतर्फको अवार्ड सहारा क्लव पोखराले प्राप्त ग¥यो । २०५५ सालमा स्थापित सहारा क्लवले वर्षेनी आहा ! रारा पोखरा गोल्डकप गर्दै आएको छ भने शैक्षिक तथा सामाजिक क्षेत्रमा उत्तिकै योगदान गर्दैे आएको छ ।

सर्वोत्कृष्ट वर्ष उदीयमान खेलाडी, सर्वोत्कृष्ट वर्ष प्रशिक्षक र सर्वोत्कृष्ट वर्ष खेल संस्था क्लवतर्फको अवार्ड प्राप्त गर्ने सबैले नगद ३५÷३५ हजारसहित ट्रफी प्राप्त गरे ।

मञ्चले यस वर्ष ओलम्पियन नारायण गुरुङ र अन्र्तराष्ट्रिय वरियता प्राप्त टेनिस खेलाडी अभिषेक बास्तोलालाई विशेष अवार्ड अर्पण ग¥यो ।

यसैबीच, वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड रोहितराज पराजुलीले प्राप्त गरे । रेडियो वाराहीबाट पत्रकारिता जीवन शुरु गरेका पराजुली हाल नया पत्रिका दैनिकमा कार्यरत छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, आर्थिक मामिला मन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार मन्त्री राजिव गुरुङ, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता सुन्दास, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, मादी गाउँपालिका प्रमुख देवीजङ्ग गुरुङ, रुपा गाउँपालिका प्रमुख नवराज ओझा, मञ्चका अध्यक्ष दीननाथ बराल, टेलजी कम्पनीका सञ्जीव शिल्पकार लगायतले अवार्ड वितरण गरेका थिए ।

स्थायी जागिर छाडेर खेलकुदमा लागेकी ईन्द्रा मल्ललाई लाईफटाईम अचिभमेन्ट अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यस वर्ष लाईफटाईम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी ईन्द्राकुमारी मल्ललाई अर्पण गरेको छ । एथ्लेटिक्स खेलमा चार दशक गुजारेकी मल्ललाई यस वर्षको लाईफटाईम अचिभमेन्ट अवार्ड अर्पण गरिएको हो । पोखरा स्पोटर््स् अवार्डको आठौं संस्करणसम्ममा लाईफटाईम अचिभमेन्ट अवार्ड पाउने उनी पहिलो महिला खेलाडी बनेकी छन् ।

वि.सं.२०२४ सालमा भारतको अम्बला केन्ट पञ्जावमा बुबा स्व.टीकाबहादुर मल्ल र आमा लक्ष्मीकुमारी मल्लको कोखबाट जन्म लिएकी ईन्द्रा सानैदेखि खेलकुदप्रति रुची राख्थिन् । भारतीय पल्टनमा काम गर्ने ईन्द्राका बुबा टीकाबहादुर र मामा यामबहादुर शाहीबाट प्रेरणा प्राप्त गरेर खेलकुदमा लागेका उनी शुरुमा एक सय मिटर, दुई सय मिटर, चार सय मिटर दौडकी धाविका हुन् । पछि लामो दुरीमा दौडन शुरु गरेकी उनी गण्डकी एथ्लेटिक्सकी गर्विलो इतिहास हुन् ।

जीवन नै खेलकुदका लागि समर्पित गरेकी ईन्द्राले खेलकुदका लागि धेरैपटक त्याग गरेकी छन् । उनले खेलकुदकै लागि कहिले पढाई त्यागिन् त कहिले स्थायी जागिर । वि.स.२०५६ सालतिर ईन्द्रा एम.एड.अध्ययन गरिरहेकी थिईन् । त्यहिबेला उनलाई भारतमा नेसनल ईन्ष्टिच्यूट अफ स्पोर्टस् (एनआईएस)मा डिप्लोमा गर्ने अवसर आयो । पढाई र खेल मध्ये एक रोज्नुपर्ने बेलामा उनले किञ्चित नसोंची खेलकुद रोजिन् ।

त्यतिमात्र होईन उनले शिक्षिकाको स्थायी जागिर छाडेर खेलकुद राजेको इतिहास छ । २०४० सालदेखि अस्थायी र २०४५ सालदेखि प्राविको स्थायी शिक्षिका बनेकी उनले २०५० सालमा आएर शिक्षिकाको स्थायी जागिर कि खेलकुदमा सहायक प्रशिक्षकको अस्थायी जागिर छान्ने दिन आयो । तर यसमापनि उनले दोधार नभई खेलकुद नै रोजिन् ।

आफ्नो समयकी उम्दा खेलाडी ईन्द्राले कयौं दर्जनौं पदक जितेकी छन् भने राष्ट्रिय रेकर्डहरुपनि कायम गरेकी छन् । चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताको १० हजार मिटर वाल्किङमा स्वर्ण पदक जितेकी उनले ३२ औं राष्ट्रिय च्याम्पीयनसीपमापनि प्रथम स्थान हासिल गरिन् । ३० औं राष्ट्रिय च्याम्पीयनसीपमा हाल्फ म्याराथनमा रजन पदक, १० हजार मिटर वाल्किङमा स्वर्ण जितेकी उनले दोश्रो र तेश्रो राष्ट्रिय क्रस कन्ट्री च्याम्पीयनसीपमा गोल्ड मेडल जितेकी छन् । उनले २७ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको १० हजार मिटर वाल्किङमा स्वर्ण, २८ औं राष्ट्रिय खेलकुदको १० हजार मिटर वाल्किङमा स्वर्ण र १० किलोमिटर दौडमा रजत पदक जितेकी छन् ।

त्यसबाहेक उनले भारतमा भएको आठौं एसियन ट्रयाक एण्ड फिल्ड च्याम्पीयनसीपको १० हजार मिटर वाल्किङमा सातौं, ५१ औं सिंगापुर ओपन च्याम्पीयनसीपको पाँच हजार मिटर वाल्किङमा चौथो, क्यानडामा भएको सेकेण्ड वल्र्ड जुनियर ट्रयाक एण्ड फिल्ड च्याम्पीयनसीपको ५ किलोमिटर वाल्किङमा २३ औं स्थान र सिंगापुरमै भएको दोश्रो एयिसन जुनियर ट्रयाक एण्ड फिल्ड च्याम्पीयनसीपको ५ किलोमिटर वाल्किङमा चौथो स्थान हासिल गरेकी छन् । त्यस्तै उनले सन १९९५ मा भएको पेप्सी अन्नपूर्ण ट्रायथलन प्रतियोगितामा पहिलो महिला खेलाडीका रुपमा नाम लेखाएकी ईन्द्राले द हिमालयन माउन्टेन बाईक च्याम्पीयनसीपमापनि पहिलो नेपाली खेलाडीका रुपमा नाम दर्ज गराईन् । त्यतिमात्र होईन उनी एभरेस्ट म्याराथनमा दौडिने पहिलो महिला खेलाडीपनि हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।