पोखराको कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र


     एभरेस्ट आवाज    
     जेठ ८ गते २०८१ मा प्रकाशित




पोखराको कालिका बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ ।

विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रिया पूरा गरेर शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा क्याम्पसलाई ’क्युएए’ प्राप्त भएको हो । विश्वविद्यालय अनुदान आयोग गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भई सबै चरण पार गरी शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसअनुसार क्याम्पसलाई क्युएए प्राप्त भएको क्याम्पस प्रमुख बिरन्जी गौतम बताए ।

क्युएए शैक्षिक गुणस्तरका निम्ति अन्तराष्ट्रिय मापन भएकोले सो प्रमाणपत्र पाएका क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सहज हुने उनले भनाइ छ ।

लामो समयको निरन्तर मेहेनेत र स्थानीयदेखि सबैको साथ र सहयोगका कारण क्याम्पसले क्युएएको प्रमाणपत्र गरेसँगै आगामी दिनमा थप विषयका कक्षाहरु सञ्चालनसँगै भौतिक र शैक्षिक गुणस्तरको योजना रहेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष किरण केसिले बताए । प्राप्त उपलब्धी जोगाइराख्न अब क्याम्पस थप सशक्त ढङ्गबाट अघि बढ्न आवश्यक रहेको उनले बताए ।
क्युएए प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदान लगायतका अन्य सुविधा प्राप्त हुने गर्छ ।

२०४८ साल स्थापना भएको कालिका बहुमुखी क्याम्पसमा हाल स्नाकोत्तर, स्नातक र प्लस टु तर्फ गरि ९ वटा शैक्षिक कार्यक्रमहरुमा १७८५ विद्यार्थी अध्ययनरत रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।