जेठ ८ काठमाण्डौं । कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डौंका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई पब्लिकेसनको थापाथलीस्थित उहाँकै कार्यकक्षबाट आज पक्राउ गरेको हो । प्रहरी उपरीक्षक रेग्मीले अनुसन्धानका क्रममा अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको जानकारी दिँदै थप अनुसन्धानका लागि जनकपुर लैजाने तयारी भइरहेको बताए ।
पक्राउ परेपछि अध्यक्ष सिरोहियाले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै आफूले छानबीनका लागि सघाउँछु भन्दाभन्दै कार्यकक्षबाट पक्राउ गरेकामा आपत्ती जनाए ।
जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आज अध्यक्ष सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







