पोखरा । कास्की मोडेनाइज्ड एकेडेमीले विद्यालयमा नवनियुक्त शिक्षक विद्यार्थीलाई स्वागत तथा सम्मान गरेको छ ।
पोखरा–१४ चाउथेस्थित एकेडेमीले दुई दिवसीय कार्यक्रम गर्दै स्वागत तथा सम्मान गरेको हो । सोही अवसरमा विद्यालयले गत शैक्षिक सत्रमा उत्कृष्ट स्थान हाँसिल गर्नेहरुलाई पुरस्कार वितरण गरेको छ । सो अवसरमा शैक्षिक पुरस्कार, उकृष्ट मनिटर, उत्कृष्ट सरसफाई, अनुशासन एवं सबैक्षेत्रमा उत्कृष्ट प्रमाणीत हुने विद्यार्थीहरुलाई ‘अल राउण्डर अफ द इयर –२०८०’ बाट पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य राम बहादुर मोचीले नव आगन्तुक शिक्षक तथा विद्यार्थीलाई स्वागत गर्दैे विद्यालय एक शैक्षिक ल्याब भएको बताए । उनले युगको माग अनुसार विद्यालयले पढ्ने र पढाउने कुरामा ध्यान दिँदै पठन–पाठन सञ्चालन गरिरहेको जानकारी दिए । उनले भने, ‘कास्की मोर्डनाइज्ड एकेडेमी शैक्षिक ल्याब हो यहाँबाट विद्यार्थीले धेरै क्षेत्रका धेरै कुरा सिक्न र नतिजा निकाल्न सक्छन् ।’
कार्यक्रममा विद्यालयका सह–प्राचार्य शिवलाल उपाध्यायले नव प्रवेशी शिक्षक तथा विद्यार्थीले नयाँ महसुुुस नगरी आफ्नो कार्य क्षेत्रमा लाग्न आग्रह गरे । साथै उनले विद्यालयका नीतिगत कुरामा एक भएर लाग्नु पर्नेमा जोड दिए ।
विभिन्न तह र चरणमा सञ्चालित उक्त कार्यक्रममा विद्यालयका शैक्षिक प्रमुख शिवु ढकाल, मिलन तिमिल्सिना, गङ्गा आले, कल्पना गुर्माछन, पवित्रा तामाङ, निर्मला पहारी लगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य तथा गायत प्रस्तुत गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







