पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा प्रथम चरणको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न गरेको छ । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने उद्धेश्यले शनिबार पोखरामा शैक्षिकसत्र २०८१ को लागि छनौट परिक्षा सम्पन्न भएको हो ।
कास्की, स्याङ्जा, पर्वत र लमजुङ पश्चिमी भेगका ५३ जना विद्यार्थीहरु सहभागी भएको छनौट परीक्षामा लिखित र मौखिक परीक्षा लिएर मुल्यांकन गरिएको थियो । विभिन्न जिल्लाबाट यस बर्षका लागि ८३ जना विद्यार्थी छनौट गरिने संयोजक चित्रबहादुर तमुले दिए ।
कार्यक्रममा विद्यार्थीहरुका अभिभावकहरु तथा शिक्षकहरुको समेत उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचीव कन्चन तमुले सन्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







