पोखरा, जेठ १५
बृहद फेदीखोला पोखरा सम्पर्क समाजले स्याङ्जाको अमोर सेवा बालगृहमा मंगलबार स्वास्थ्य शिविर सञ्चालनसँगै खाद्यान्न सहयोग गरेको छ । समाजले मंगलबार स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नम्बर–१ मा अवस्थित अमोर सेवा बालगृहमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै नगद तथा खाद्यान्न सहयोग गरेको हो ।

गणतन्त्र दिवसको अवसर पारेर समाजको आयोजनामा भएको स्वास्थ्य शिविरमा गण्डकी मेडिकल कलेज पोखराका बालरोग चिकित्सक डा.रेशम रानाले बालगृहमा आश्रित ३४ जना बालबालिकाहरुको निःशुल्क स्वास्थ्य जाँच गरेका थिए । सो अवसरमा उनीहरुलाई आवश्यक औषधीसमेत वितरण गरिएको स्वास्थ्य शिविर कार्यक्रम संयोजक प्रेमनाथ पौडेलले जानकारी दिए ।

त्यस्तै समाजले बालगृहलाई एक लाख रुपैयाँ भन्दा बढीको खाद्यान्न सामग्री तथा नगद २५ हजार रुपैयाँपनि सहयोग गरेको छ । बालगृहलाई आवश्यक पर्ने दाल, चामल, तेललगायतका खाद्य सामग्री प्रदान गरिएको खाद्यान्न सहयोग कार्यक्रम संयोजक गंगाकुमारी शर्माले जानकारी दिईन् ।
समाजका सदस्यहरुबाट आर्थिक संकलन गरेर बालगृहलाई सहयोग गरिएको समाजका अध्यक्ष जगदीश लामिछानेले जानकारी दिए । ‘एउटा स्वार्थरहित संस्थाले अर्को स्वार्थरहित संस्थालाई सहयोग गरेको हो । यो सहयोग निरन्तर रहन्छ’–अध्यक्ष लामिछानेले भने ।
कार्यक्रमका प्रमुख अतिथि फेदीखोला–१ का वडाध्यक्ष अमृत क्षेत्री र बालगृहकी सञ्चालिका कमला पराजुलीले सहयोगी मनहरु र समाजलाई सहयोग गरेकोमा धन्यवाद दिए ।
सो अवसरमा जन्म दिनमा गरिने खर्च कटौती गरेर बालगृहमा सहयोग गर्ने अनिश गौतमलाई जन्म दिनको शुभकामनासहित मायाको चिनो प्रदान गरिएको थियो ।

समाजका अध्यक्ष जगदीश लामिछानेको अध्यक्षता तथा सचिव मीनप्रसाद सुवेदीले सञ्चालनमा भएको कार्यक्रममा समाजका प्रथम उपाधयक्ष बिजय पौडेल,समाजका आजिवन सदस्य याम पौडेल, चन्द्रा गुरुङ, फेदीखोला–१ का निवर्तमान वडाध्यक्ष खिमबहादुर क्षेत्री, अमोर सेवा बालगृहमा आश्रित अमृता गुरुङलगायतलेपनि बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







