पोखरा, जेठ १९
नेपाल राष्ट्रिय शिक्षक संगठन रूपा गाउँपालिका समितिले शिक्षा शाखा प्रमुख तथा नवप्रवेशी शिक्षकहरुलाई स्वागत गरेको छ । संगठनले एक औपचारिक कार्यक्रम गरेर रुपा गाउँपालिकाका शिक्षा शाखा प्रमुखसहित नवप्रवेशी शिक्षकहरुलाई स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा नवप्रवेशी शिक्षकहरुका तर्फबाट बोल्दै विकास पंगेनीले शिक्षक संगठन अभिभावक संगठन भएकाले यसले अभिभावकीय भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सल्लाहकार सदस्य तथा विश्वसान्ति माविका प्रधानाध्यापक बुद्दिसागर अधिकारीले नवप्रवेशी शिक्षकहरुलाई आउने परीक्षामा उपल्लो तहमा बढुवा हुने शुभकामना दिए ।
कार्यक्रममा रूपा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गैरेले शिक्षकहरूलाई आफ्नो पेशा प्रति खुशीहुँदै दत्तचित्त भएर लाग्न सुझाव दिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका उपाध्यक्ष प्रदीप न्यौपानेले संगठनले शिक्षकहरुलाई अभिभावकीय भूमिका खेल्ने भन्दै कुनैपनि समस्या खुलस्त रुपमा राख्न आग्रह गरे ।
नेपाल राष्ट्रिय शिक्षक संगठन रूपा गाउँपालिका समितिका अध्यक्ष जयराम सुवेदीको अध्यक्षता, सचिव सुनिल सुवेदीले सञ्चालन र सदस्य शुभराज खनालले स्वागत गरेको कार्यक्रममा शिक्षा सेवा आयोगका सम्पूर्ण परीक्षा पास गरेका शिक्षकहरुको सहभागिता थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







