पोखरामा होमवर्क नगरेको भन्दै शिक्षकबाट विद्यार्थी कुटिए, शिक्षक पक्राउ


     एभरेस्ट आवाज    
     जेठ २१ गते २०८१ मा प्रकाशित




पोखरा, जेठ २१

पोखराका एक विद्यार्थीलाई कुटपीट गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३२ स्थित युनिभर्स ईङ्लिस बोर्डिङ स्कुल कक्षा ५ मा अध्ययनरत ९ वर्षका बालकलाई कुटपीट गरेको आरोपमा कास्कीको रुपा गाउँपालिका वडा नं.–६ खोलाको छेउ बस्ने ३२ वर्षिय सुदीप अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका शिक्षक अधिकारीले गृहकार्य (होमवर्क) नगरेको तथा अक्षरपनि राम्रो नभएको भन्दै ती विद्यार्थीलाई कुटपीट गरेको कास्की प्रहरीले जनाएको छ । ती शिक्षकले विद्यार्थीको पछाडि पट्टीको भागमा लठ्ठीले प्रहार गरेर घाईते बनाएको भन्दै विद्यार्थीका अभिभावकले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि पक्राउ परेका शिक्षक अधिकारीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराई बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।

यदी उक्त कसुर प्रमाणित भई दोषी ठहर भएमा शिक्षक अधिकारीलाई एक वर्षसम्म कैद र ५० हजार जरिवाना हुने कानूनी व्यवस्था रहेको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।