जेठ २१ काठमाण्डौं । साफ महिला फुटबल प्रतियोगिता काठमाण्डौंमा हुने भएको छ । उक्त प्रतियोगिता आगामी कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछ ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आज बसेको प्रतियोगिता समितिको बैठकले उक्त प्रतियोगिता नेपालमा गर्ने तय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेशकुमार शाहले जानकारी दिए ।
उक्त प्रतियोगिता आयोजना गर्न नेपाल, भुटान र बङ्गलादेशले प्रस्ताव गरेका थिए ।
यसैबीच एन्फाले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको छ ।
यसैगरी भगवती थापा सहायक प्रशिक्षक, विनोद महर्जन गोलकिपिङ कोच, ज्योति राना डाक्टर र नवीना श्रेष्ठ वैद्य फिजियो नियुक्त भएका छन् ।
यस्तै विन्द्रा देवानले टिम म्यानेजरका रूपमा निरन्तरता दिने एन्फाले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।