सेन्ट मेरिजले मनायो वातावरण दिवस


     एभरेस्ट आवाज    
     जेठ २३ गते २०८१ मा प्रकाशित




जेठ २३ पोखरा । पोखराको सेन्ट मेरिज विद्यालयले विभन्नि कार्यक्रमहरुसहित विश्व वातावरण दिवस मनाएको छ । पोखरा १५ स्थित नयाँगाउँमा रहेको विद्यालयले विद्यालय तथा सार्वजनिक स्थानहरुको सरसफाई गर्दै बुधबार वातावरण दिवस मनाएको हो ।

दिवसका अवसरमा विद्यालयका छात्राहरुले पोखराका विन्दवासिनी मन्दिर, राम मन्दिर, कृष्ण मन्दिर, शिव मन्दिर, बौद्ध अर्घौँ सदन, गीता मन्दिर, जेयष्ठ नागरिक केन्द्र पोखरा १५ मा सरसफाई गर्नुका साथै सरसफाईका सामग्री हस्तान्तरण गरेको शिक्षक सुमन अधिकारीले जानकारी दिए ।

यसका साथै उनीहरुले उनीहरुले पोखराका विभिन्न ३ वटा विद्यालयमा वृक्षरोपण समेत गरेको शिक्षक अधिकारीले जानकारी दिए ।

उनीहरुले कुँडहर आधारभूत विद्यालय , सिद्ध माध्यमिक विद्यालय, र मसिना आधारभूत विद्यालयमा विभिन्न प्रजातीको विरुवा रोपेका थिए । यस्ता कार्यक्रमले विद्यार्थीको बौद्धिकतामा सहयोग पुग्ने प्राचार्य सिस्टर जेसीले बताइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।