प्रधानमन्त्री कप भलिबलमा पुरुषतर्फ एपिएफ विजयी


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०८१ मा प्रकाशित




जेठ २४ काठमाण्डौं । प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा विभागीय टोली नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ३–१ सेटमा पराजित ग¥यो । खेलको पहिलो सेट २२–२५ ले गुमाएको एपिएफले त्यसपछिका लगातार तीन सेट आफनो पक्षमा पार्दै जित हासिल ग¥यो ।

एपिएफले खेलको दोस्रो सेट २५–१२, तेस्रो सेट २५–१४ र चौथो तथा अन्तिम सेट २५–१९ ले आफ्नो पक्षमा पा¥यो । जितसँगै प्रतियोगितामा दोस्रो जित निकालेको एपिएफले यसअघि बूढानीलकण्ठ क्लबलाई ३–१ को सेटमा हराएको थियो ।

त्यसैगरी यसअघि भएको खेलमा एपिएफ गण्डकी प्रदेशसँग ३–१, नेपाल पुलिससँग ३–२ तथा आर्मी र हेल्प नेपालसँग समान ३–० सेटको हार ब्यहोरेको थियो ।

प्रतियोगितामा कोशी प्रदेशले अहिलेसम्म जित हासिल गर्न सकेको छैन । कोशीले यसअघि आर्मी, हेल्प नेपाल, गण्डकी र नेपाल पुलिसँगको समान समान ३–० तथा सुदूरपश्चिसँगको खेल ३–१ सेटमा पराजित भएको थियो ।

आजै भएको महिलातर्फको खेलमा न्यु डायमन्डले कर्णाली प्रदेशलाई ३–० र एभरेस्टले एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै विजयी भएका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।