
पोखरा, जेठ २८
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विश्वासको मत दिने भएको छ । राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता पञ्चराम तमुले विश्वासको मत प्रस्तावउपर भइरहेको छलफलमा बोल्दै उनले आफूहरुले विश्वासको मत दिने बताएका हुन् ।
सरकार अस्थिर बन्दा प्रदेश कमजोर हुने भएकाले राप्रपाले मत दिने निर्णय गरेको उनले बताए । तर उनले सरकारको पर्फमेन्स भने सुधार्नुपर्ने बताए । चालु बजेट भन्दा पुँजीगत खर्च बढी राखेर बजेट ल्याउनपनि उनले सरकारलाई सुझाव दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।