
गण्डकी प्रदेशले गाँजा खेतीको आवश्यक कानूनी व्यवस्था गर्ने जनाएको छ । गण्डकी प्रदेश सरकारले मंगलबार ल्याएको नीति तथा कार्यक्रममा गाँजा खेतीका लागि आवश्यक कानून बनाईने उल्ल्ेख छ । तर औषधीजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि यस्तो व्यवस्था गर्न लागिएको प्रदेश प्रमुख डिल्लीराज भट्टले बताए ।
सरकारले माटो परीक्षण तथा मलको गुणस्तर नियमन सम्बन्धी कार्यक्रमलाई थप सघन बनाउन ‘मोवाइल माटो अस्पताल’ सञ्चालन गर्नेपनि जनाएको छ । यसैगरी एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फर्मको सम्भाव्यता अध्ययन गरी सामुहिक एकीकृत कृषि विकास कार्यक्रम सञ्चालन गरिनेपनि जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।