प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि पोखरालाई केन्द्र बनाएर ‘पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं’ कार्यक्रम लागू गर्ने जनाएको छ । गण्डकी प्रदेश सरकारले मंगलबार ल्याएको नीति तथा कार्यक्रममा सो कार्यक्रम लागु गर्ने उल्लेख भएको हो ।
पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएकाले सोहि अनुरुप नीतिगत सुधार एवम् पर्यटनमैत्री वातावरण निर्माणमापनि जोड दिईने नीति तथा कार्यक्रममा उल्लेख छ । उसले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘पहिले घरदेश अनि परदेश कार्यक्रम सञ्चालन गर्नेपनि जनाएको छ । जसका लागि पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको विविधिकरण, वैकल्पिक पदमार्गको निर्माण, हिमाल आरोहणको प्रवद्र्धन, पर्यटकको सेवा र सुविधा विकास र बिस्तार गरिने भनिएको छ । साथै सो कार्यका लागि प्रचारप्रसारमा जोड दिईने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।