
पोखरा, असार १
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करीब ३३ अर्बको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले आगामी आर्थिक वर्ष २०८१\८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख रुपैयाँको बजेट घोषणा गरेका हुन् । यो चालु वर्षको भन्दा ४४ करोड ८७ लाखले कमी हो । गण्डकी सरकारले चालु आर्थिक वर्ष २०८०\८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
गण्डकी प्रदेश सरकारले चालुतर्फ १३ अर्ब, १६ करोड, ५ लाख ८२ हजार रुपैयाँ विनियोजन गरेको छ । जुन कुल विनियोजन कुल बजेटको ३९.९१ प्रतिशत हो । त्यस्तै, पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार रुपैयाँ विनियोजन गरेको छ । जुन कुल बजेटको ५९.१९ प्रतिशत हो । यसैगरी वित्तीय व्यवस्थातर्फ ३ करोड रुपैयाँ विनियोजन गरेको छ । जुन कुल बजेटको ०.९ प्रतिशत हो ।
बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान ७ अर्ब ६३ करोड ८८ लाख हुने उल्लेख छ । यसैगरी राजस्व बाँडफाँटबाट प्राप्त हुने ९ अर्ब ६१ करोड १२ लाख, समपूरक अनुदान १ अर्ब १९ करोड, रोयल्टी बापत प्राप्त हुने ४८ करोड १० लाख, विशेष अनुदान ६५ करोड ५५ लाख, आन्तरिक राजस्वबाट ५ अर्ब १७ करोड प्राप्त हुने अनुमान गरिएको बजेटमा उल्लेख छ । त्यस्तै, चालु आर्थिक वर्षबाट खर्च हुन नसकेको २ अर्ब ९४ करोड नगद मौज्दात रहने आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले अनुमान गरे ।
गण्डकी प्रदेश सरकारले १ अर्ब ७० करोड घाटा बजेट ल्याएको छ । जुन आन्तरिक ऋणबाट पूर्ती गरिने उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।