असार ८ स्याङ्जा । स्याङ्जाको फेदीेखोला गाउँपालिका वडा नम्वर १ का विद्यार्थी तथा यूवाहरुलाई लक्षित गर्दै एक दिने सचेतना कार्यक्रम गरिएको छ । शनिबार पर्सेभाटी योङ्गस्टार क्लवको आयोजना तथा फेदीखोला वडा नम्वर १ को समन्वयमा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा साइबर क्राइम तथा ट्राफिक सचेतना, मानसिक स्वास्थ्य तथा लागूपदार्थ दुव्र्यशनी विरुद्ध सचेतना र सुरक्षित वैदेशिक रोजगारबारे अभिमुखीकरण लगायतका विषयमा सचेतना कार्यक्रम गरिएको थियो ।
कार्यक्रमको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी निरीक्षक इन्द्रबहादुर रानाले उद्घाटन गरे ।
कार्यक्रमको उद्घाटन गर्दै उनले चुनौतीको रुपमा देखिएको लागु पदार्थ दुव्र्यसनी न्यूनीकारणका लागि विद्यालय तहबाटै सचेतनाका कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले भने, ‘नेपालमा १ लाख २९ हजार मानिसहरु यसको दुव्र्यसनीमा रहेको तथ्याङ्क छ, यसको नियन्त्रणका लागि संघ, प्रदेश र स्थानिय सरकारले ‘इनिसियसन’ लिएर कार्यक्रम सञ्चालन गर्न सकेमा यस्को नियन्त्रण गर्न सकिन्छ ।’ उनले यस्तै कार्यक्रम अन्य पालिकाहरुले पनि सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा वडाध्यक्ष अमृत क्षेत्रीले आफुहरुले वडाको विकास निर्माणसँगै वडावासीको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । उनले यसअघि वडाले यूवा विद्यार्थी लक्षित उद्घोषण तथा माइन्यूट लेखन, मादल बजाउने लगायतका तालिमहरु सञ्चालन गरिसकेको यो कार्यक्रमपनि त्यसैको निरन्तरता भएको बताए । पालिकाकै सबैभन्दा कान्छा वडाध्यक्ष समेत रहेका क्षेत्रीले सो अवसरमा आफ्नो कार्यसमितिले वडाको विकासका लागि गरेका कार्यहरुको फेहेरिस्त समेत प्रस्तुत गरे ।
कार्यक्रममा वडा नम्वर १ मा अवस्थित विभिन्न विद्यालय, यूवा क्लव, टोल विकास संस्था र स्थानियको बाक्लो संख्यामा उपस्थिती रहेको थियो ।

सो क्रममा जिल्ला प्रशासन कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा, जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जा, जीवन बाटिका नेपाल स्याङ्जा र सामी परियोजनाले सहजीकरण गरेका थिए ।
पर्सेभाटी योङ्गस्टार क्लवका अध्यक्ष मनिष कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सचिव छविलाल ओली र सञ्चालन मट्टिखान जेन्टलमेन क्लवका सचिव दिपेश क्षेत्रीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं…







