सहाराका पूर्व अध्यक्षको संयोजकत्वमा सहारामा आ.वि. मा सहयोग प्रदान


     एभरेस्ट आवाज    
     असार १९ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा – ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा सहारा क्लब पोखराका पूर्व अध्यक्ष तथा जिल्ला खेलकुद समिति कास्कीका कार्यबाहक अध्यक्ष केशवबहादुर थापाको संयोजकत्वमा रु १,०४,०००/- (एक लाख चार हजार रुपैया) वरावरको १२ सेट डेक्स वेन्च सहित १ सेट कुर्ची टेवल हस्तान्तरण गरेका छन् ।
पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फर्निचर सहयोग संकलन कार्यक्रमका संयोजक केशवबहादुर थापाले क्यानडामा रहनुहुने संजिव र सोनाम थापा, अतित र कुसुम गुरुङ ,रोहन आले मगर, अष्ट्रेलियामा रहनुहुने दिया राई, ईश्‍वर जलारी, प्रेणा र राजेश मल्ल ठकुरी, युकेमा रहनुहुने हिमाल थापा मगर, दिपिका र पृथ्वीराज राई , अमेरिकामा रहनुहुने सिद्दार्थ थापा मगर, भारतिय सेनामा कार्यरत भूपेन्द्र जङ्ग राना र उहाँकी धर्मपत्नी अनिता राना, पोल्यान्डमा कार्यरत आशिष राना र दक्षिण कोरियामा रहनुहुने मनोज र सरिता राना को सहयोगमा कार्यक्रमले मुर्त रुप पाएकोमा दाताहरुलाई धन्यवाद व्यक्त गरे । उनले सवै सहयोगी युवाहरुलाई समाज सेवामा प्रेरित गर्न सकेकोमा खुशि व्यक्त गर्दै युवाहरुलाई देश प्रेममा प्रेरित गराउनु हामी सवैको कर्तव्य रहेको समेत धारणा राखे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीको अध्यक्षतामा भएकौ कार्यक्रममा वडा नं ९ का सचिव कुलराज पौडेलले दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै अव राज्यले पनि शिक्षामा नितिगततहबाटै बिशेष प्राथमिकातामा राख्नु पर्ने धारणा राखेका थिए । प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले विद्यालयको भौतिक पक्ष र शैक्षिक गुणस्तर वृद्दिमा स्थानीय तह हर सम्भव भए सम्म सहयोगका लागि सदैव तत्पर रहेको बताउदै विद्यालयको गतिबिधिप्रति खुशि व्यक्त गर्दै दाताहरु लगायत विद्यालय व्यवस्थापन समिति र विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गरे ।

बिद्यालय व्य. समितिका अध्यक्ष थकालीले दाताहरु लगायत उपस्थित महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै भौतिक रुपमा मात्र नभई विद्यालयको शैक्षिक पाटोलाई पनि जोड दिई विद्यालयलाई उत्कृष्ट बनाउन शिक्षक, कर्मचारी लागयत सवैको प्रत्यक्ष एवम् अप्रत्यक्ष चिन्ता र चासोले रहेमा उल्लेख्य नतिजा सहित अगाडि वढ्न सकिने कुरा व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले सेवागत गर्दै अव्यवस्थित वस्तिका दैनिक ज्याला मजदुरी गर्ने अभिभावकका दुई सय ७० बालबालिकाहरु अध्ययन गर्ने विद्यालयमा दाताहरुले यसरी मायाका साथ सहयोग संकलन गरि विद्यालयमा हस्तान्तरण गर्ने सम्पुर्ण दाताहरुलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।कार्यक्रमको संचालन बिद्यालयका शिक्षक सुदिप कोइरालाले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।