कास्कीमा श्रवण दृष्टिबिहीन बालिबालिका लक्षित परियोजना सञ्चालन हुने


     एभरेस्ट आवाज    
     असार २२ गते २०८१ मा प्रकाशित




गण्डकी, २१ असार ।

श्रवणदृष्टि विहिन संघ नेपालको संयोजन एवम् कोरियन डिसेब्लिटी डेभलपमेन्ट अफ इन्स्टिच्युटको सहयोगमा कास्की जिल्लामा “जन चेतना र ओकालतमार्फत श्रवणदृष्टि विहीन अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षामा पहुँच” विषयक परियोजना सञ्चालन हुने भएको छ ।
श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरू तथा बालबालिकाहरूलाई लक्षित गरी आयोजित परियोजनाबाट प्रत्यक्ष अप्रत्यक्ष गरी दुुई हजार ४३४ जना लाभान्वित हुने आज आयोजित कार्यक्रममा श्रवण दृष्टिविहीन संघ नेपालका अध्यक्ष पुुष्पराज रिमालले जानकारी दिए ।
उनका अनुसार श्रवणदृष्टि विहीन अपाङ्गता भएका व्यक्तिहरूका अधिकार र आवश्यकताहरू बारेमा जनचेतना अभिबृद्धि, गुुणस्तरीय शिक्षामा उनीहरूको समावेशीकरण र पूर्ण सहभागिता प्रवद्र्धन गर्न शिक्षा क्षेत्रका सरोकारवालाहरूलाई सेचत गरी शिक्षामा सहयोग गर्ने सामाग्रीहरू विकास गर्नुु साथै सबै अपाङ्गता भएका व्यक्तिहरूका शैक्षिक अधिकारहरूको प्रवद्र्धन, निष्पक्ष र समावेशी समाजको निर्माण गर्नुु परियोजनाको उद्देश्य रहेको छ ।
सन् २०२४ जुुन २५ देखि २०२४ नोभेम्बर ३१ सम्म सञ्चालन हुने परियोजना अन्तर्गत अपाङ्गताका कारण घरमा बसेका श्रवणदृष्टि बिहीन बालिबालिकालाई घरमा नै पुुगेर सेवा दिने, शैक्षिक सामाग्रीको विकास र वितरण गर्ने, शिक्षाको लागि प्रदेशस्तरमा वोकालत गर्ने जस्ता क्रियाकलाप सञ्चालन हुनेछन् । त्यस्तै डिजिटल मिडियामार्फत अपाङ्गताको विषयमा जनचेतना अभिबृद्धि गराउने, अपाङ्गता भएका बालबालिका र तिनीहरूका परिवारका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, अपाङ्गता सेवामा संलग्न संघसंस्थाहरू र समुदायसँग गोष्ठी लगायतका क्रियाकलाप सञ्चालन गरिने जनाइएको छ । परियोजनाका स्रोत कक्षा अमरसिंह मा.वि.मा सञ्चालन हुनेछ ।
यो परियोजनाको सफलतासँगै श्रवणदृष्टि विहीन अपाङ्गता भएका बालबालिकाहरूको शिक्षा तथा स्वास्थ्यमा पहुुँच सुनिश्चित हुने अध्यक्ष रिमालले बताए । कार्यक्रममा जिल्ला शिक्षा समन्वय एकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले श्रवणदृष्टि बिहीन बालबालिकालाई अवसरको खाँचो रहेको बताए । परियोजनाले उनीहरूको सक्षमता अभिबृद्धिमा सहयोग पुुग्ने उनले विश्वास व्यक्त गरे ।
उक्त अवसरमा श्रवणदृष्टि बिहीन संघ, नेपालको वेबसाइड सार्वजनिक गरिएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, श्रवणदृष्टि बिहीन संघ, नेपालका सचिव हरि केसी, नेत्रहीन संघ गण्डकी प्रदेशमा अध्यक्ष लक्ष्मण सुवेदी, अमरसिंह मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइराला, पत्रकार श्याम कुँवर, हेमबहादुर गुरुङ, पार्वती भुजेल, अञ्जना केसी लगायतले परियोजना श्रवणदृष्टि बिहीन बालबालिकाको सक्षमता अभिबृद्धिमा उपलब्धिपूर्ण बन्ने विश्वास व्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।