विन्ध्येश्वरी मा.वि.को एसईईमा उत्कृष्ट नतिजा


     एभरेस्ट आवाज    
     असार २२ गते २०८१ मा प्रकाशित




पोखरा । पोखराको विन्ध्येश्वरी माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसईई मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

कास्कीका सामुदायिक विद्यालयहरुमध्यमा विन्ध्येश्वरी मा.वि.ले यस वर्षको एसईईमा उत्कृष्ट जीपीएसहित शतप्रतिसत नतिजा ल्याउन सफल भएको हो । परीक्षामा विद्यालयबाट १० जना छात्रा सहित १६ जना विद्यार्थी सहभागि भएका थिए । उनीहरु सबै उत्र्तिण भएको विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्यले जानकरी दिए ।

पोखरा महानगरपालिका वडा नं १९ तल्लाकोटस्थित ग्रामिण भेगमा वि.सं. २०१७ सालमा स्थापना भएको विद्यालयले त्यसको ५४ वर्षपछि मात्रै माध्यमिक शिक्षा सञ्चालन गर्दै आइरहेको छ । २०७१ सालबाट माध्यमिक शिक्षा परीक्षा सञ्चालन गर्दै आएको विद्यालयमा २२५ जना विद्यार्थीहरु अध्ययनरत छन् । २३ जना शिक्षक कर्मचारी भएको विद्यालयमा प्रि. नर्सरी नर्सरी एल.के.जी यु.के.जी हुदै कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन हुँदै आइरहेको प्रधानाध्यापक आचार्यले बताए ।

विद्यालयले शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ, कर्मचारी, सल्लाहकार र स्थानियको सक्रियतामा शैक्षिक गुणस्तरमा विकास गर्दै आइरहेको प्रधानाध्यापक आचार्यले बताए ।

विद्यालयले सम्पूर्ण कक्षामा सि.सि टि.भि जडानसहित प्रोजेक्टरको माध्यमवाट पठन पाठन सञ्चालन हुदै आइरहेको विद्यालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।