पोखरा, साउन १४। पोखरामा आज स्कुल बस दुर्घटना हुँदा एकै परिवारका २ जनाको मृत्यू भएको छ । पोखराको एलपी देवकोटा मेमोरियल स्कूलको बस आज विहान पोखराको फुस्रेखोलामा दुर्घटना हुँदा एकै परिवारका आमा र छोराको मृत्यू भएको हो ।
विद्यार्थी लिएर पोखरा-२१ रामदीबाट बिरौटा फर्कने क्रममा भएको बस दुर्घटनामा स्कुलकी सहयोगी ३१ वर्षीय आरती विक र उनका ५ वर्षिय छोरा प्रिन्स विकको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । अन्य २८ जना घाइते भएका छन्।
घाइते विद्यार्थी तथा चालकको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । घाइते मध्ये १४जनालागि गण्डकी मेडिकल कलेज पृथ्वीचोक १२ जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल बाँकी ३जनालाई मणिपाल शिक्षण अस्पतालमा लगिएको कास्की प्रहरीले जनाएको छ ।
बस ब्रेक फेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाग्रस्त बस सडकको डिलबाट खसेर ५० मिटर तल पल्टिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।