समाजसेवि रञ्जित दम्पतिद्वारा सहारा बाल आधारभूत विद्यालयमा सहयोग


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा अध्ययनरत २ जना बालकहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

सोहि विद्यालयका अक्षयकोष दाता पोखरा रामवजार निवासी बैकुण्ठ रञ्जितकार र उनीकी धर्मपत्नी पूर्णीमा रञ्जितकारले एक कार्यक्रमका विच उक्त सामाग्री हस्तान्तरण गरेका हुनु ।

कक्षा ६ मा अध्ययनरत मनिष नेपाली र कक्षा ८ मा अध्ययनरत रविन सुनारको कक्षा १२ सम्मको सम्पुर्ण शैक्षिक खर्च आफूले प्रदान गर्ने जिम्मेवारी लिए संगै समाजसेवी रञ्जित दम्पतिले गत शैक्षिक सत्र देखि उक्त विद्यालयमा सहयोग प्रदान गर्न सुरु गरेका हुन् ।

कार्यक्रममा विद्यार्थीहरुलाई विद्यालय पोशाक १ सेट, झोला १ थान, कापिहरु, ज्यामित बक्स १ थान, जुत्ता १ सेट र डटपेनहरु सहित रेनकोट समेत प्रदान गरिएको थियो । सोहि क्रममा सहयोगि दाता रञ्जित दम्पतीले सहयोग प्राप्त गर्ने विद्यार्थीहरुका अभिभावकहरुलाइ समेत १र१ थान साडि र सर्ट समेत प्रदान गरेका थिए ।

सोही क्रममा विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारीले दाताहरुलाई महान कार्यप्रति आभार व्यक्त गरेकी थिइन् । उनले समाजसेवी एवम् विद्यालयका अक्षयकोष दाता रञ्जित दम्पतिलाइ विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विक्रम थकालिले कठिन अवस्थाका वालवालिकाहरुलाई सहयोग प्रदान गर्ने पुण्य काम गरेकोमा समग्र विद्यालयको तर्फवाट खुसि एवम् धन्यवाद व्यक्त गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।