राष्ट्रपति पौडेलद्वारा बागमती, लुम्बीनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०८१ मा प्रकाशित




साउन १६ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका छन् ।

उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गरेको राष्ट्रपतिको कायालयले जनाएको छ ।

यसअघि साउन १४ गते सरकारले बागमती प्रदेशका यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका अमिक शेरचन र कर्णाली प्रदेशका तिलक परियारलाई प्रदेश प्रमुखबाट पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को बैठकको निर्णय एवं सिफारिसका आधारमा शर्मा, शेरचन र परियारलाई संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।