
साउन १७ पोखरा । पोखराको गैह्रापाटनमा रहेको विद्यालय कुमुदिनी होम्समा कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई स्वागत गरिएको छ ।
एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाएकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सफलताको अनुभव सुनाउन विद्यायमा निम्त्याएको संस्थापक अध्यक्ष अशोक पालिखेले बताए ।
स्वागतपछि श्रेष्ठले विद्यालयका कक्षा १०, ११ र १२ का विद्यार्थीलाई उत्प्रेरणात्मक अनुभव सुनाईन् ।
गोरखाको आरुघाट निवासी श्रेष्ठले विद्यार्थीलाई एकाग्रता, निर्धक्क भएर रहनुका फाइला तथा निरन्तरताका बारेमा जानकारी दिईन् ।
यी तीन कुरा धेरै महत्वपूर्ण छन् । उनले भनिन्, कुनै क्षेत्रमा वा विद्यार्थीले अब्बल रिजल्ट ल्याउनका लागि एकाग्र हुन जरुरी छ । यस्तै सिकेका कुराहरुलाई निर्धक्क भएर लेख्न र बोल्ने ठाउँमा बोल्न सक्नैपर्छ । अर्को कुरा सफलताका लागि लगावर निरन्तरता अति आवश्यक छ ।
उनले हिमाल आरोहणको क्रममा हुने दुःख, कष्ट र जोखिमलाई कसरी व्यवस्थापन गर्ने र सफलता हासिल गर्ने भन्ने बारेमा विद्यार्थीहरुलाई उत्प्रेरणा जगाएकी थिइन् ।
विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विश्व कीतिमान राख्ने पर्वतारोही श्रेष्ठलाई कुमुदिनीमा स्वागत गर्न पाउदा र उहाँले विद्यार्थीलाई दिएको उत्प्रेरणाको स्पिच निकै महत्वको भएको बताए ।
हामीले विद्यार्थीलाई पढाईको साथमा धेरै उत्प्रेरणाका कार्यक्रमहरु बेला बेलामा गर्दै आएका छौं । समाजमा, देश विदेशमा ख्याती कमाएका कुनै पनि क्षेत्रका व्यक्तित्वका अनुभवहरु सुनाउने वातावरण तयार पारेका छौं । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने उनले बताए ।
पर्वतारोही फोटो पत्रकार पूर्णिमा श्रेष्ठले विसं २०७४ सालदेखि पर्वतारोहण सुरु गरेकी हुन् । उनले दुई पटक मनास्लु र अन्नपूर्ण, धौलागिरी, कञ्चनजंघा, ल्होत्से तथा मकालुको एक एक पटक आरोहण गरिसकेकी छन् । अन्नपूर्ण हिमाल र धौलागिरी आरोहण गर्ने उनी पहिलो नेपाली महिला हुन् ।
उनले मे १३ देखि २५ सम्म १३ दिनको अन्तरालमा ३ पटक सगरमाथाको आरोहण गरेर विश्व कीतिमान कायम गरेकी हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।