सिद्दि सेतुली स्मृति प्रतिष्ठानद्वारा बार्षिक छात्रवृत्ति कार्यक्रमको समीक्षा, अक्षय कोषमा रु १ करोड पुग्यो


     एभरेस्ट आवाज    
     श्रावण १९ गते २०८१ मा प्रकाशित




पोखरा । सिद्दि सेतुली स्मृति प्रतिष्ठान पोखराले बार्षिक रुपमा बितरण गर्दै आएको छात्रवृत्ति कार्यक्रमको सरोकारवालाहरुसॅंग समीक्षा बैठक आयोजना गरेको छ । शुक्रबार कन्या क्याम्पसमा आयोजित बैठक छात्रवृत्ति बितरण गर्दै आएका १० वटा शैक्षिक संस्थाका प्रधानाध्यापकहरुलाई छात्रवृत्ति निर्देशिका बारे अभिमुखिकरण र कार्यक्रमको समीक्षा गरिएको प्रतिष्ठानका संस्थापक संरक्षक बिश्वरत्न शाक्यले बताए ।
समीक्षा बैठकमा कन्या मा.वि. नदीपुर, कन्या क्याम्पस, नदीपुर, ज्ञानभूमि आधारभूत विद्यालय, महेन्द्र उच्च मा वि, नयाँबजार, नवप्रभात सेकेण्डरी स्कूल, कुँडहर आधारभूत विद्यालय, अमरसिंहमावि, सिर्जना बहिरा माध्यमिक विद्यालय लेखनाथ, सिद्दार्थ आधारभुत बिद्यालय आर्वा र बालमन्दिर नदीपुरका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको उपश्थिति रहेको थियो ।
उपश्थित प्रधानाध्यापकहरुले प्रतिष्ठानले दिइदै आएको शैक्षिक सामग्री तथा छात्रवृत्ति कार्यक्रम अपांगता, दलित, अल्पसंख्यकसहित जेहेन्दार र बिपन्न बर्गका बिद्यार्थीहरुकालागि वरदान साबित भएको बताउदै थप संख्यात्मक बृद्दि र निरन्तरताकालागि आग्रह गरेका थिए ।
प्रतिष्ठानले बिभिन्न मापदण्डका आधारमा छानिएका सामुदायिक बिद्यालयमा अधिययनरत अपांगता, दलित, अल्पसंख्यक, सीमान्तकृतसहित जेहेन्दार तथा आर्थिकरूपले विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी शिक्षामा पहुँच तथा गुणस्तर अभिवृद्धि गर्ने मानविय कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि छात्रवृत्ति निर्देशिका तयार पारेको शाक्यले जानकारी दिए ।
प्रतिष्ठानले शैक्षिक सामग्री (कपी, ड्रईङ, कपी, पेन्सिल, डटपेन, ज्योमेट्री बक्स, ईरेजर, पेन्सिल कटर, क्रेन कलर, स्कुल व्याग), नगद छात्रवृत्ति (कक्षा ११ र १२ मा अध्ययनरत छनौट भएका प्रत्येक बिद्यार्थीलाई बार्षिक रु ६ हजार), ज्ञानभुमि शान्तरत्न जेहेन्दार छात्रवृत्ति (वार्षिक परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने ज्ञानभूमि मा.वि.का आधारभुत (प्राथमिक, नि. माध्यमिक) र माध्यमिक तहका एक एक छात्र र छात्रालाई तह अनुसार रू १ हजार, २ हजार र ३ हजार गरी कुल १२ हजार) गरि ३ प्रकारका छात्रवृत्ति कुल १५४ जना बिद्यार्थीहरुलाई प्रदान गर्दै आइरहेको शाक्यले बताए ।
पापदण्ड पूरा गरेका छात्रा छात्रहरूले आवश्यक कागजात र बिद्यालयको सिफारिससहित प्रतिष्ठानमा आवेदन दिएपछि छात्रवृत्तिका लागि नाम छनोट गरिने प्रतिष्ठानका सचिब इन्द्रकमल मानन्धरले बताए । छात्रवृत्ति छात्र र छात्राको अनुपात बराबर हुने गरिने र एक पटक छानिएका बिद्यार्थीलाई बिद्यालय छोडे वा अन्तिम परीक्षामा अनुत्तिर्ण भएको अवश्था बाहेक सो बिद्यालयमा कक्षा १२ सम्म अध्ययन गरिन्जेल निरन्तर छात्रबृत्ति सुबिधा प्रदान गरिने प्रतिष्ठानका उपाध्यक्ष प्रमिला तझ्याले बताइन् ।
प्रतिष्ठानले छात्रवृत्ति बितरणकालागि रु १ करोडको मुद्दती खाता खोलि अक्षय कोष स्थापना गरेको छ । कक्षा १ देखि १० सम्मका १०८ जना बिद्यार्थीलाई शैक्षिक सामग्री बैशाख मसान्तभित्र तथा कक्षा ११ र १२ का ४६ जन बिद्यार्थीलाई नगद छात्रवृत्ति भाद्र १७ गते एक कार्यक्रमको आयोजना गरि वितरण गरिने प्रतिष्ठानका संस्थापक संरक्षक शाक्यले जनाए ।
कार्यक्रमको सहजिकरण प्रतिष्ठानका अध्यक्ष दीपेन्द्र श्रेष्ठले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।