साउन २३ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएकामा दुःख व्यक्त गरेका छन् ।
सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले हेलिकप्टर दुर्घटनाको खबर थाहा पाएपछि नगरप्रमुखहरुसँगको भेटघाटलाई संक्षिप्त बनाएका थिए ।
प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाई दुर्घटना हुनु दुःखद् भएको बताए ।
यसअघि गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ बजेर ११ मिनेट जाँदा पोखरा उडेको सौर्य एयरको चार्टर्ड फ्लाइट भुइँ छोड्नेबित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । चालक दलका दुई सदस्यसहित १९ जना सवार नाइन एन एएमई सीआरजे २०० विमान दुर्घटना हुँदा क्याप्टेन मनिषरत्न शाक्यलाई घाइते अवस्थामा उद्दार गरिएको थियो । हाल उनी स्वास्थ्य लाभ गरिरहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







