कास्की मोडनाइज्डमा अङ्ग्रेजी भाषा सीप विकास प्रतियोगिता


     एभरेस्ट आवाज    
     श्रावण २४ गते २०८१ मा प्रकाशित




पोखरा । कास्की मोडनाइज्ड एकेडमीमा शैक्षिक कार्यतालिका अनुसार अन्तरसदनात्मक अङ्ग्रेजी भाषा सीप विकास प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयका संस्थापक प्राचार्य राम ब. मोचीको प्रमुख आतिथ्यता तथा अङ्ग्रेजी विभागीय प्रमुख राजु पौडेलको अध्यक्ष्यतामा भएको उक्त कार्यक्रममा मा. वि. तथा नि.मा.वि गरी दुई तहमा अनुसार प्रतियोगिता गरिएको थियो ।

कार्यक्रमको उद्धघाटन गर्दै मोचीले विद्यार्थीको सुनाइ, बोलाइ, पढाइ र लेखाइको सिपमा विकास हुने र यस्ता खालका कार्यक्रमले विद्यार्थीको क्षमता विकासमा विद्यालयले अहम् भूमिका खेलेको कुरा बताए ।

प्रतियोगितामा मा.वि. तहबाट हरियो सदनका दिप्सन जि.सी, साहारा क्षेत्री, अभिषेक पौडेल प्रथम, सेतो सदन बाट रचना क्षेत्री, दिप्सन गुरुङ, जिना श्रेष्ठ द्वितीय र निलो सदनबाट ओजस्वी गौतम, सृर्जित तिमिल्सिना, स्मृती गौतम तृतीय भएका थिए भने नि. मा. वि. तहबाट हरियो सदनका ग्रिस्मा सापकोटा, आस्था सापकोटा, आशा सापकोटा प्रथम, निलो सदनका निस्पल के.सी., प्रिन्स सुनार, एलिना श्रेष्ठ द्वितीय र रातो सदनका दिप्सन थापा, प्रिन्स गिरी, सिम्रन ढकाल तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।

समय सुचकको रुपमा अनिल श्रेष्ठ रहेको कार्यक्रमको सञ्चालन गंगा आलेले गरेका थिए भने विजेता विद्यार्थीहरुलाई प्रमुख अतिथी मोची र शैक्षिक प्रमुख शिबु ढकालले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।