नेपाली समाज मर्यादित समाज हो, अश्लिलता फैलाउन सम्भव छैनः प्रधानमन्त्री ओली


     एभरेस्ट आवाज    
     भाद्र ८ गते २०८१ मा प्रकाशित




भदौ ८ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज मर्यादित समाज भएकाले अश्लिलता र सामाजिक घृणा फैलाउन सम्भव नहुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापा–काठमाडौँ सम्पर्क मञ्चद्वारा तीजका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल फरक कला, संस्कृति र सभ्यताको देश भएकाले यहाँ अश्लिलता फैलाउन सम्भव नहुने बताएका हुन् ।

“हामीले एकापसमा घृणा फैलाउने होइन, परस्पर माया फैलाउनुुपर्छ । देश, समाज, परिवार र आफैँलाई माया गर्नुपर्छ,” प्रधानमन्त्रीले भने, “मायाले निद्रा र थकाइ बिर्साउँछ । दिदीबहिनी र दाजुुभाइमा तीजले ममता बढाउँछ । यस्ता महत्त्वपूर्ण चाडले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने काम गर्छ ।” रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।