फाइल तस्विर
भदौ ११ काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ ।
पार्टीकोे केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले ढकालको साधारण सदस्यता खारेजी गर्ने निर्णय गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । रास्वापाको केन्द्रीय समितिको आजको बैठकबारे जानकारी दिँदै महामन्त्री बुर्लाकोटीले भने, “बैठकले पार्टीको विधानको धारा ५६ (३) बमोजिम पार्टी सदस्य मुकुल ढकालको साधारण सदस्यता खारेजी गर्ने निर्णय गरेको छ ।”
केन्द्रीय समितिकोे यसअघिको बैठकले केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनका आधारमा पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई पार्टी विधानअनुसार अन्तिमपटक स्पष्टीकरणको मौका दिएको थियो ।
आजको बैठकमा आगामी असोज १ र २ गते राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । प्रतिनिधि रजिष्ट्रेसन व्यवस्थापन, स्रोत व्यवस्थापन, यातायात तथा आवास, सुरक्षा तथा कानुन, स्वंयसेवक व्यवस्थापन, क्याटरिङ व्यवस्थापन, अडियो भिजुअल, स्वास्थ्य क्लिनिक, बुथ व्यवस्थापनलगायत विभिन्न १४ वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकमा पार्टीले तयार गरेको स्थानीय छायाँ सरकार सञ्चालन कार्यविधि, २०८१ को मस्यौदा प्रस्तुत गरेको थियो । केन्द्रीय समितिले उक्त मस्यौदामा थप सुझाव लिने निर्णयसमेत गरेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १४कास्कीको मादी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले सबैभन्दा बढी…






