नेपालमा किन बढ्दै छ सुनको भाउ ? सुनको भाउमा नयाँ किर्तिमानी


     एभरेस्ट आवाज    
     असाेज १० गते २०८१ मा प्रकाशित




नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको हो । जुन मूल्य अहिलेसम्मकै उच्च भएको महासङ्घले बिहीबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

अघिल्लो दिन बुधबारबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको हो ।

यसैगरि , चाँदीको मूल्य भने आज स्थिर रहेको छ । बुधबार १ हजार ९५५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।