पोखरा, कात्तिक २१
पोखरामा भोलि फेरी अन्र्तराष्ट्रिय चार्टर्ड फ्लाईट हुने भएको छ । पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल बनेको २ वर्ष बित्दासमेत अन्र्तराष्ट्रिय उडान नियमित नभइरहेको बेला पुनः चार्टर्ड फ्लाईट हुन लागेको हो । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा भोलि चीनको कुनमिङ सहरबाट सिचुआन एयरलाईन्सको जहाज आउने पोखरा अन्र्तराष्ट्रिय विमानस्थल श्रोतले जनाएको छ ।
२०२३ जनवरी १ देखि सञ्चालनमा आएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा यसअघि ७ वटा अन्र्तराष्ट्रिय चार्टर्ड फ्लाइट भइसकेका छन् । भोलि हुने उडान करीब एक वर्षपछि हुने चार्टर्ड उडान हो भने समग्रमा आठौं अन्र्तराष्ट्रिय चार्टड उडान हो । यसअघि सन् २०२३ नोभेम्बर २३ मा हिमालय एयरलाइन्सले चार्टर्ड उडान भरेको थियो । ९५ यात्रु लिएर आएको सो हिमालय एयरलाईन्सको जहाजपछि पोखरामा अन्र्तराष्ट्रिय उडान भएको थिएन ।
भोलि पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा अन्र्तराष्ट्रिय चार्टर्ड उडानमार्फत तेश्रो पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडमा सहभागी हुन खेलाडी तथा खेल पदाधिकारी पोखरा आउने जनाइएको छ । खेलाडी तथा खेल पदाधिकारी बोकेको सिचुआन एयरलाईन्सको जहाज दिउँसो २ः४० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने विमानस्थलकी प्रवक्ता जसोदा सुवेदीले जानकारी दिईन् ।
चीनबाट आएको सो जहाज करीब २ घण्टा पोखरा विमानस्थलमै रहनेछ । त्यसपछि ४ः१० बजे काठमाडौंको उडान भर्ने बताइएको छ । यात्रु लिएर आउने सो जहाज काठमाडौं फर्किदा भने रित्तै फर्किनेछ । आउँदा पोखरामा अवतरण भएपनि फर्किदा भने चिनीया खेलाडी तथा पदाधिकारी काठमाडौंहुँदै फर्किने बताइएको छ । अर्थात पोखराबाट सिधै चीन प्रस्थान गर्ने कार्यतालिका नरहेको विमानस्थल श्रोतले जानकारी दियो ।
पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा पहिलो पटक हिमालय एयरलाईन्सले डेमो फ्लाईट गरेको थियो भने त्यसपछि सिचुआनले जनवरी २१, २०२३ मा, भुटानको पारो अन्र्तराष्ट्रिय विमानस्थलबाट ड्रुक एयरले सेप्टेम्बर ९, २०२३ मा र त्यसपछि नोभेम्बर ८ मा जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि चिनियाँ सरकारले दिएको राहत सामग्री बोकेर चिनका दुइवटा कार्गाे जहाज, तथा हिमालयन एयरलाइन्सले थप तीनवटा उडान पोखराका लागि गरेको थियो । त्यसपछि भने पोखरामा अन्र्तराष्ट्रिय उडान भएको छैन । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा ७ वटा अन्र्तराष्ट्रिय उडान भएपनि नियमित र व्यवसायीक रुपमा भने एउटापनि अन्र्तराष्ट्रिय उडान हुन सकेको छैन । तत्काल हुने सम्भावनापनि नरहेको विमानस्थल श्रोतले जानकारी दियो ।
भोलि अन्र्तराष्ट्रिय चार्टर्ड फ्लाईटबाट आउने खेलाडीहरुले पोखरामा हुने अन्र्तराष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा भाग लिनेछन् । पोखरामा चार विधामा क्रस कन्ट्री दौड प्रतियोगिता हुँदैछ । प्रतियोगिता अन्तर्गत टिम ग्रुप रेस, च्यालेन्जिङ इन्डिभिजुअल रेस, विद्यार्थी रेस र ह्याप्पी रनरेस गरेर चार ईभेन्टमा प्रतिष्पर्धा हुने मिडिया संयोजक प्रतीक पहारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।