सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस


     एभरेस्ट आवाज    
     माघ १७ गते २०८१ मा प्रकाशित




नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । चाँदीको भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीमा उल्लेख छ ।

महासंघका अनुसार बुधबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार १०० रुपैयाँ घटेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य बुधबार तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।