
पोखरा, माघ २३
पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा मच्छिन्द्र क्लवले बिजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा जारी प्रतियोगिताको दोश्रो दिन बुधबार मच्छिन्द्र क्लवले सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै बिजयी शुरुवात गरेको हो । बुधबारको जितसँगै मच्छिन्द्रले २०७८ सालको आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा व्यहोरेको हारको बदला एपीएफसँग लिन सफल भएको छ । बुधबारको जितसँगै मच्छिन्द्र क्लव प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब मच्छिन्द्रले सेमीफाइनल प्रवेशका लागि थ्रीस्टार क्लवसँग प्रतिष्पर्धा गर्नेछ ।
मच्छिन्द्रको बुधबारको जितमा आदित्य शाक्य र विदेशी खेलाडी कामाहाले गोल गरे । खेलको ७४ औं मिनेटमा मच्छिन्द्रका आदित्यले गोल गर्दै खाता खोलेका थिए । दोश्रो हाफको ६७ औं मिनेटमा मैदानमा प्रवेश गरेका उनले मैदान प्रवेश गरेको ८ मिनेटमै मच्छिन्द्रलाई अग्रता दिलाए । आयुष घलानले मैदानको मध्य भागबाट उपलब्ध गराएको पासलाई नियन्त्रणमा लिएका उनले दुई डिफेन्डरलाई छलाउँदै पोष्ट बक्सबाट हानेको प्रहारले सिधै जाली चुमेको थियो ।
पहिलो गोल गरेको ८ मिनेट बित्न नपाउँदै मच्छिन्द्रले दोश्रो गोल ग¥यो । मच्छिन्द्रका लागि दोश्रो गोल खेलको ८१ औं मिनेटमा विदेशी खेलाडी स्टेफन कामाहाले गरे । उनले देवेन्द्र तामाङले हानेको फ्रिकिकमा हेडर गोल गर्दै जित सुनिश्चित गरे ।
बुधबारको खेलमा एपीएफले गोल गर्ने मौका सदूपयोग गर्न नसक्दा पहिलो खेलमै पराजय ब्यहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधबारको खेलमा मच्छिन्द्र क्लवका विदेशी खेलाडी स्टेफन कामाहा प्लेयर अफ दी म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत विहीबार एनआरटी फुटबल क्लव र चर्च ब्वाईज युनाईटेड क्लबबीच प्रतिष्पर्धा हुने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।