पोखरामा भोलि शनिबार हुने ‘ब्याक टु नाईन्टिज’ (विरासतलाई फर्केर हेर्दा) कार्यक्रमको टाईटल स्पोन्सर्ड नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट (एनटीएचएमसी) र कुमुदिनी होम्स उच्च माविले गरेको छ । नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको उक्त सांगीतिक विरासत फर्काउन आयोजित सो कार्यक्रमको टाइटल स्पोन्सर्डमा पोखरा–१४ छिनेडाँडामा रहेको एनटीएचएमसी र पोखरा–४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स उच्च मावि जोडिएको हो । कार्यक्रमका लागि दुई पक्षबीच सम्झौता भइसकेको कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए ।
पर्यटनको एउटा पाटो गीत, संगीतपनि भएकाले त्यसको विकास, बिस्तार, संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा नीजि क्षेत्रलेपनि सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले ब्याक टु नाईन्टिज (विरासतलाई फर्केर हेर्दा कार्यक्रमलाई टाइटल स्पोन्सर्ड गरेको नेवा खल कास्कीका अध्यक्षसमेत रहेको कुमुदिनी होम्स र एनटीएचएमसीका व्यवस्थापन समिति अध्यक्ष अशोक पालिखेले बताए । कला, संगीतको विकास राज्यले गरेन भनेर मात्र हुँदैन,उनले भने,‘हामीपनि राज्यकै एक अंग हौं । यसको विकासका लागि हामी नीजि क्षेत्र र नागरिकलेपनि भूमिका खेल्नुपर्छ । त्यहि उद्देश्य राखेर हामीले टाइटल स्पोन्सर्ड गरेका हौं ।’
पालिखेले ब्याक टु नाईन्टिज कार्यक्रमले सांगीतिक विरासत फर्काउँदै सुस्ताएको पर्यटनलाई माथि उकास्न भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रम शनिबार साँझ ५ बजेदेखि राती १० बजेसम्म हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







