नेपाली बजारमा सुनको मूल्य फेरि नयाँ रेकर्ड नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँ कायम भएको छ । जुन भन्सार दर घट्नुअघिको रेकर्ड मूल्य नजिक हो ।
महासंघका अनुसार सोमबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको थियो ।
मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो । भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएसँगै सुनको मूल्य पनि घटेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा मंसिर ९ मा सूचना प्रकाशित भएर निर्णय कार्यान्वयन भएसँगै मंसिर १० गते सुनको मूल्य ह्वात्तै घटेको थियो ।
यसअघि सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, साउन २५ गण्डकी खेलकुद परिषद (गखेप)को पदक वितरणमा भएको अनियमितताको…






