बिरासत जोगाउँदै पृथ्वीनारायण क्याम्पसकाे स्ववियु अध्यक्षमा अनेरास्विववियुका विष्णु पोखरेल बिजयी


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०८१ मा प्रकाशित




पृथ्वीनारायण क्याम्पस पोखराको ल स्ववियु अध्यक्षमा नेकपा एमाले निकट अनेरास्ववियुका बिष्णु पोखरेल बिजयी भएका छन् । पोखरेलले निकटतम प्रतिस्पर्धी नेपाल बिध्यार्थी संघका सुशील न्याैपानेलाई दाेब्बर मतान्तरले हराउँदै विजयी भएका हुन् ।

पोखरेलले एक हजार एक सय पाँच मत ल्याएर बिजयी भए ।उनका निकटतम प्रत्याशी नेपाल विद्यार्थी संघका सुशिल न्यौपानेले पाँच सय तीन मत प्राप्त गरे ।
स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले चार सय ६९ मत प्राप्त गरेको निर्वाचन अधिकृत डा रामचन्द्र पोखरेलले जानकारी दिए । यसैगरी अखिल क्रान्तिकारीका नवीन अधिकारीले दुई सय २३, संयुक्त प्यानलका सन्तोष पौडेलले एक सय ९६ र अखिल छैठौंका मिलन सुनारले २८ मत प्राप्त गरे ।

यसैगरी सचिवमा अनेरास्ववियुका विराट दुवाडी एक हजार चार सय १३ मतसहित विजयी भएका छन् । नेविसंघका विवेक भट्टराईले ६ सय २८ र अखिल क्रान्तिकारीका मिराज थापा मगरले दुई सय ९३ मत प्राप्त गरे ।

कोषाध्यक्षमा सन्दिका गुरूङ एक हजार तीन सय चार मत सहित विजयी हुँदा नेविसंघका अमिषा यादवले ६ सय ४७ मत ल्याईन्। पृथ्वीनारायण क्याम्पसमा एमाले निकटको अनेरास्ववियुले निर्वाचन जित्दै आएको छ । यस पटकपनि विरासत जाेगाउन अनेरास्ववियु सफल भएको छ । नौ हजार दुई सय ७० मतदाता रहेको पृथ्वीनारायण क्याम्पसमा दुई हजार नौ सय ८७ विद्यार्थीले मतदान गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।