कुमुदिनीका कक्षा १२ का विद्यार्थीलाई वधाई तथा शुभकामना


     एभरेस्ट आवाज    
     चैत्र १७ गते २०८१ मा प्रकाशित




पोखरा, १७ चैत्र । पोखरा महानगरपािलका वडा नं ४, गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्सका कक्षा १२ का विद्यार्थीलाई हार्दिक वधाई तथा आगामी शैक्षिक गन्तव्यको लागि शुभकामना दिईएको छ ।

आईतबार एउटा भव्य समारोह आयोजना गरेर विद्यालयका कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुले उनीहरुलाई वधाई तथा शुभकामना व्यक्त गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले भने, मत सधैं उत्कृष्टताको, उन्नतीको, प्रगतिको, अनुशासित तथा परिपक्क्वताको पक्षधर हुँ । हो फेयरवेल कार्यक्रम भावनात्मक कार्यक्रम पनि हो । नचाहेर पनि संचालकको, शिक्षक, विद्यार्थी र अभिभावकका आँखा रसाउछन् । यो स्वाभाविक पनि हो । किनभने यतिधेरै वर्ष विद्यार्थीहरुका लागि आफ्नै घरका छोराछोरी झैं मानेर हुकाई, बढाई र अध्यापनको कार्य गरिएको हो ।

तर कुरा के भने उनीहरु पुग्नु पर्ने उचाईको गन्तव्य तय गर्न अझैं बाँकी छ ।

यस कारण उनीहरुलाई बिदाई भन्दापनि आगामी दिनहरुको यात्रालाई सहज बनाउन, लक्ष्य प्राप्ति गर्न सक्ने बनाउन र हौसला बढाउन विद्यालय र कक्षा ११ का विद्यार्थीको संस्कार हो ।

कार्यक्रममा पालिखेले भने, नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज पोखरामा खोल्यौं । जहाँ अहिले बीबीए, बीबीए फिनान्स, बीएचएम र इएमबीएका कक्षाहरु संचालन भईरहेको छन् । धेरैले होटल म्यानेजमेन्ट लगायतका विषयहरुमा चासो दिएको पाएका छौं ।

तपाँईहरुले ११ देखि माथिका कक्षाहरु पार गर्दै जानुहुन्छ र उत्कृष्ट नतिजा ल्याउनु हुन्छ भने हामी निःशुल्क अध्ययन पनि गराउँछौं । मैले भनेका विषयहरुको लागि अन्य कलेज धाउनै पर्दैन । सिट सिमित हुने भएकोले यसतर्फ ध्यान दिन आग्रह गरे । कुमदिनीमा नर्सरीदेखि कक्षा ९ सम्मको भर्ना खुलेको जनाउदै चैत्रको २२ गते बिहान १० बजे प्रवेश परिक्षा संचालन हुने बताए ।

यसअघि कार्यक्रमलाई स्वागत गर्दै विद्यार्थी आरती क्षेत्रीले यो दिन सबैका लागि भावुक बनाउने दिन भएको बताउँदै कक्षा १२ का दाई दिदीहरुलाई बिदाई गर्दैगर्दा मन भारि भएको बताईन् । उनले १२ कक्षा अगाडीकाे पढाईको सफलताको कामना गर्दै आफु पढेको विद्यालय कुमुदिनी होम्समा बेला बेलामा आउन र नाम उच्च बनाइरहन अनुरोध गरिन् ।

उक्त अवसरमा शिक्षक विकास ढुंगानाले आगामी शैक्षिक यात्रा सुखद् रहोस् भन्दै सधैं नाम सुनौले अक्षरले लेख्नेगरी अध्ययनमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा शिक्षक ईन्द्र वरालले कविता वाचन गरेका थिए । सो अवसरमा कक्षा ११ बिद्यार्थीले कक्षा १२ का बिद्यार्थीलाई अध्यक्ष अशोक पालिखे, सहप्राचार्य मन बहादुर भुजेल, मुकेश अधिकारी, शिक्षक कृष्ण अधिकारी, विकास ढुंगाना, संचालक मीना पालिखेसहित मायाको चीनो प्रदान गरे ।

सो अवसरमा वर्षको उत्कृष्ट आर्टिष्ट अवार्ड अविश्मा पालिखेलाई प्रदान गरियो थियो भने अविश्मा पालिखे, शिक्षक बिदूर भण्डारी र विद्यालयको व्याण्डले गीत गाएका थिए । विद्यार्थीले विविध गीतमा नृत्य प्रस्तुत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।