पोखरा, चैत २२
विद्यार्थी शिक्षा विकास संस्थाले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–८ स्थित अन्नपूर्ण आधारतभूत विद्यालयलाई १ वर्षलाई पुग्ने शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । संस्थाले शुक्रबार विद्यालय प्राङ्गणमै एक कार्यक्रम गरेर विद्यालयका सम्पूर्ण विद्यार्थीलाई एक वर्ष पुग्ने शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष नोर्बु शेर्पासहितको टोलीले अन्नपूर्ण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव भण्डारीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो ।

संस्थाका अध्यक्ष नोर्बु शेर्पाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आदित्य चन्द, तुलसीप्रसाद सुवेदी, दीपक ढुंगानालगायतले संस्थाले गर्ने सामाजिक सेवाबारे चर्चा गरेका थिए ।

विद्यालयमा गरीब, विपन्न तथा निम्न वर्गिय विद्यार्थीहरु अध्ययन गर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव भण्डारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







